राजनीति

प्रदेश १ को हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै

माघ २०, २०७५

    विराटनगर : प्रदेशको नाम र राजधानीको टुंगो लगाउने अपेक्षा गरिएको प्रदेश १ सभाको हिउँदे अधिवेशन आइतबारदेखि सुरु हुँदैछ।

    प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङले प्रदेशसभाको अधिवेशन आह्वान गरेको पत्र पढेर सभामुखले सुनाउनु हुनेछ। आजको बैठकमा सबै राजनीतिक दलका संसदीय दलका नेताले प्रदेशसभालाई सम्बोधन गर्ने कार्यक्रम पनि छ।

    सरकारले नाम र राजधानीको विषय टुंगो लगाउने घोषणा गरेकोले यो अधिवेशनलाई निकै महत्वसाथ हेरिएको छ। यो अधिवेशनबाट नाम र राजधानीको टुंगो लगाउने र कम्तिमा १३ वटा विधेयक सचिवालयमा पुगिसकेको छ। यो अधिवेशनबाट संसदीय समितिको नेतृत्व पनि चयन गर्नुपर्ने दायित्व छ। विषयगत समितिलाई मिनी संसद भनिन्छ। संसदमा विधेयकमाथि कुनै संशोधन परे दफावार छलफलका लागि समितिमा पठाउने गरिन्छ।

    प्रदेशसभाले ७ वटा विषयगत समिति गठन गरेको भए पनि सभापति चयन हुन सकेको छैन। सभापति चयन नहुँदा समिति सक्रिय हुन नसकेको देखिएको छ। राजधानी र नामको विषयमा राजनीतिक दललाई प्रस्ताव ल्याउने गरी काम थाल्न सरकारले तयारी गरेको छ। प्रदेश १ ले यसअघिको अधिवेशनबाट २३ वटा कानुन निर्माण गरेको थियो।

    अब १३ वटा विधेयक तयार भए पनि संघीय सरकारले नबनाएकोले शिक्षा, प्रदेश प्रहरी र प्रदेश लोकसेवाको विधेयक भने अगाडि बढेको छैन। ९३ सदस्यीय प्रदेशसभामा नेकपाका ६७, कांग्रेसका २१, संघीय समाजवादी फोरमका ३, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक/एक सदस्य छन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]