राजनीति

संवैधानिक आयोगहरूका पाँच अध्यक्षविरुद्ध उजुरी आह्वान

जिल्ला प्रशासनबाट पनि उजुरी पठाउन मिल्ने

माघ २१, २०७५

    काठमाडौं : संवैधानिक परिषद्ले नियुक्तिका लागि सिफारिस गरेका पाँच संवैधानिक आयोगका अध्यक्षविरुद्ध उजुरी आह्वान गरेको छ। संघीय संसद, प्रतिनिधिसभाको संसदीय सुनुवाइ समितिले सोमबार एक सूचना जारी गर्दै १० दिनभित्र सिफारिस व्यक्तिहरूविरुद्ध उजुरी दिन सार्वजनिक आह्वान गरेको छ।

    उजुरीकर्ताले आफ्नो नाम, थर, वतन स्पष्ट खुलाएर ७७ वटै जिल्ला प्रशासन कार्यालय मार्फत वा समितिको कार्यालय सिंहदरबारमा फागुन १ गतेसम्म उजुरी दिन सकिने सूचनामा उल्लेख छ।

    संवैधानिक आयोगका अध्यक्षमा सिफारिस प्रक्रिया संविधानविपरीत भएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले असहमति जनाए पनि समितिले सुनुवाई प्रकृया अघि बढाएको हो। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको दलको नेता अनुपस्थित रहेको अवस्थामा संवैधानिक आयोगमा नियुक्तिका लागि सिफारिस गरिएको कांग्रेसको आरोप छ। सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टीले भने प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा लगातार तेस्रो बैठकमा पनि उपस्थित नभएपछि संवैधानिक परिषद्ले बहुमतबाट निर्णय लिएको दाबी गर्दै आएको छ।

    संवैधानिक परिषद्को माघ ७ गतेको बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगमा शान्तराज सुवेदी, मधेसी आयोगमा डा. विजयकुमार दत्त, थारू आयोगमा विष्णुकुमार चौधरी र मुस्लिम आयोगको अध्यक्षमा समिम अन्सारीलाई सिफारिस गरेको छ।

    संसदीय सुनुवाइ समितिको आइतबार बसेको बैठकले संवैधानिक आयोगमा सिफारिस व्यक्तिहरूको सुनुवाइ प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो। समितिमा कांग्रेसले असहमति जनाएर बैठक गरेपछि बहुमतबाट सुनुवाइ प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]