राजनीति

सरकारका विरुद्ध देशभर कांग्रेसको प्रदर्शन

माघ २१, २०७५

    काठमाडौंः सरकारका पछिल्ला गतिविधिको विरोध गर्दै नेपाली कांग्रेसले देशभर सरकारका विरुद्ध प्रदर्शन गरिरहेको छ। सरकारले प्रतिपक्षलाई पेलेर गएको आरोप लगाउँदै कांग्रेसले पछिल्लो समय सरकारको आलोचना गर्दै आएको छ। कांग्रेसले काठमाडौंको शान्तिबाटीकासहित देशभर प्रदर्शन गरिरहेका छ। देशभरका विरोधसभाहरुलाई नेपाली कांग्रेसका नेताहरुले सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको छ।

    कांग्रेसले गरिरहेको विरोध प्रदर्शनमा कांग्रेसका कार्यकर्ता तथा सबै भातृ संगठनहरुको सहभागिता रहेको छ। पछिल्लो समय सरकारले एकलौटी हिसाबले संवैधानिक परिषद्बाट निर्णय गरेको, चिकित्सा शिक्षा विधेयकलाई तोडमोड गरेर पारित गरेको लगायतका आरोप लगाउँदै कांग्रेसले सरकारको विरोध गर्दै आएको छ।

    कांग्रेसले सरकारको अधिनायकवादी चरित्र, निर्मला प्रकरण, ३३ किलो सुन कान्डलगायत विषयमासमेत असहमति जनाउँदै विरोध जनाएको हो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]