खेलकुद

पाकिस्तानविरुद्धको सिरिज नेपालद्वारा 'क्लिन स्वीप'

माघ २१, २०७५

    नेपाली नेत्रहीन महिला क्रिकेट टिमले पाकिस्तानविरुद्धको टी-२० सिरिज 'क्लिन स्वीप' गरेको छ। सोमबार भएको पाँचौँ तथा अन्तिम टी-२० खेलमा पाकिस्तानमाथि ९ विकेटको शानदार जीत निकाल्दै नेपाली टिमले सिरिज क्लिन स्वीप गरेको हो।

    जीतसँगै नेपाल ४-० ले सिरिज आफ्नो नाममा पार्दै पाकिस्तानी एक लाख रुपी अर्थात् करिब ८१ हजार रुपैयाँ पुरस्कार जित्न सफल भयो। इस्लामावादमा भएको अन्तिम खेलमा पाकिस्तानले दिएको १२७ रनको लक्ष्य नेपालले १०.४ बलमा १ विकेट गुमाएर पूरा गर्‍यो।

    यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले पूरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १२६ रन जोडेको थियो। सिरिजअन्तर्गत नेपालले यसअघि पहिलो र तेस्रो खेलमा १० विकेटले आफ्नो पक्षमा पारेको थियो भने दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो। चौथो खेलमा नेपालले ९ विकेटको जीत निकालेको थियो।

    प्रतियोगितामा बी १ क्याटेगोरीमा नेपालकी मुना अर्याल, बी २ मा नेपालकी मनकेसी चौधरी र बी ३ मा नेपालकी विनिता पुन उत्कृष्ट खेलाडी घोषित भए। उत्कृष्ट विकेट किपर भने पाकिस्तानकी किरन राफिक घोषित भइन्। उनीहरूले समान २५ हजार पाकिस्तानी रुपी प्राप्त गरे।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]