खेलकुद

कीर्तिपुर मैदानमा एकदिवसीय क्रिकेट म्याच हेर्न पाउनुहुनेछ : कप्तान पारस

'धुर्मुस-सुन्तलीको रंगशाला बनाउने वचन पूरा होस् भन्ने आशा छ'

माघ २१, २०७५

    काठमाडौं : राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले नेपाली क्रिकेटप्रेमीले कीर्तिपुरको मैदानमा नै एकदिवसीय खेल हेर्न पाउने बताएका छन्।

    युएईविरुद्धका एकदिवसीय र टी-२० सिरिज जितेर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कप्तान खड्काले नेपालमा नै अन्तर्राष्ट्रिय एकदिवसीय खेल हुने सम्भावना रहेको जानकारी दिएका हुन्।

    टिमको रूपमा सबै खेलाडीको प्रदर्शन भव्य रह्यो। युवा टिम रहेकाले प्रदर्शन राम्रो भयो। पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै कप्तान पारसले भने, 'आइसिसीको प्रतिनिधि आउँदै हुनुहुन्छ, त्रिवि ग्राउन्डको विश्लेषण गर्न। त्यो ग्राउन्ड ठीक मिल्यो भने आगामी दिनमा नेपाली फ्यानहरूले कीर्तिपुरमा पनि ओडिआई म्याच हेर्न पाउनुहुनेछ।'

    कप्तान पारसले युएईविरुद्ध नेपाली खेलाडीहरूको प्रदर्शन राम्रो रहेको र यसलाई नियमितता दिन चाहेको बताए। उनले टिममा सबै युवा भएकाले पनि यसलाई अझै निखारेर लैजाने र प्रदर्शन राम्रो बनाउनेमा आफू आशावादी रहेको बताए।

    त्यसैगरी, कप्तान पारसले धुर्मुस-सुन्तली फाउन्डेसनले चितवनमा बनाउने घोषणा गरेको क्रिकेट रंगशाला बनिदेओस् भन्ने चाहना रहेको बताए। उनले भने, 'रंगशाला बनाउने घोषणा हुनुभन्दा पनि निर्माण होस् भन्ने चाहना हो। धुर्मुस सुन्तली फाउन्डेसनले जसरी आह्वान गर्नुभएको छ, आशा गर्छु उहाँहरूले आफ्नो वचन पूरा गरेर क्रिकेट स्टेडियम निर्माण गरिदिनुभयो भने क्रिकेट र खेलकुदको लागि राम्रै हुनेछ।'

    नेपाली क्रिकेट टिम युएई भ्रमणमा रहेका बेला सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले क्रिकेट रंगशाला बनाउने घोषणा गरेका थिए।  

    सम्बन्धित समाचारः

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]