खेलकुद

धनगढी प्रिमियर लिगकाे तयारी अन्तिम चरणमा

माघ २१, २०७५

    धनगढी : सर्वाधिक धनराशिको धनगढी प्रिमियर लिग (डिपिएल)को तेस्रो संस्करण आउन केही दिन मात्रै बाँकी रहँदा प्रतियोगिता हुने मैदानमा व्यवस्थापनको काम अन्तिम चरणमा भइरहेको छ। माघ २६ गतेदेखि फागुन ११ गतेसम्म हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ।  

    विगतमा धनगढीको संघीय प्रहरी कार्यालयमा आयोजना भइरहेको प्रतियोगिताको तेस्रो संस्करण फाप्ला क्रिकेट मैदानमा आयोजना हुँदै छ। खेल मैदान फाप्लामा अहिले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को मापदण्डअनुसार अन्तर्राष्ट्रियस्तरको मैदान निर्माण भइरहेको छ। १९५ फिट लम्बाइ बाउन्ड्री लाइन रहने गरी निर्माण सुरु गरिएको मैदानमा पाँचवटा पिच छन्। विगतमा दुईवटा पिचमा प्रतियोगिता आयोजना गरिए पनि पहिलो पटक पाँच पिच तयार गरिएको छ। पिचको ७८ फिट लम्बाइ र १० फिट चौडाइ रहेको छ।

    दोस्रो संस्करण जस्तै तेस्रो संस्करणमा पनि १० लाख रुपैयाँ बढी रकम खर्च गरेर पाँच हजार बढी दर्शक अटाउने गरी अस्थायी प्याराफिट निर्माण भइरहेको छ। दोस्रो संस्करणमा तीन करोड रुपैयाँ बढी लगानी लागेको प्रतियोगितामा यस वर्ष पाँच करोड रुपैयाँ बढी लगानी लाग्ने अनुमान गरिएको छ।

    प्रतियोगिता आउन एक साता बाँकी रहँदा पनि पुरस्कार राशि भने घोषणा गरिएको छैन। गत वर्ष विजेताले २५ लाख, उपविजेताले १० लाख रुपैयाँ हात पारेका थिए। 

    तेस्रो संस्करणमा धनगढी स्टार्स, सिवाइसी अत्तरिया, महेन्द्रनगर युनाइटेड, रूपन्देही च्यालेन्जर्स, विराटनगर किंग्स र काठमाडौं गोल्डेन्स गरी छ टोलीको सहभागिता रहेको छ। उनीहरूमध्ये अधिकांश टोलीले दुई जना विदेशी खेलाडी पनि अनुबन्ध गरिसकेका छन्। यस पटक डिपिएलमा भारत, पाकिस्तान, युएई, हङकङका खेलाडीहरू खेल्दै छन्।

    भारतका आइपिएल खेलिसकेका रणजी ट्रफी, रेलवयजका उत्कृष्ट खेलाडीहरू यस पटक  डिपिएलमा सहभागी हुनेछन्। साउथ अफ्रिकाका उत्कृष्ट क्रिकेटर जोन्टी रोड्स पनि आउनेछन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]