समाज

अग्नीपीडित शिक्षकलाई आर्थिक सहयोग

माघ २१, २०७५

    खोटाङ : जिल्लाको सरस्वती माबि दिक्तेलका अग्नीपीडित शिक्षकलाई आर्थिक सहयोग प्राप्त भएको छ। कात्तिक २३ गते बिहान ३ बजे भएको भिषण आगलागीबाट बिस्थापित भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ दिक्तेल रत्नपार्कका अग्नीपीडित शिक्षक कृष्णकुमार श्रेष्ठलाई सरस्वती माबिका पूर्व विद्यार्थीबाट आर्थिक सहयोग प्राप्त भएको हो।

    हाल सिंगापुर पुलिस फोर्समा बिभिन्न तहमा कार्यरत विद्यालयका पूर्व विद्यार्थीले आफ्ना अग्नीपीडित शिक्षकलाई एक लाख ५८ हजार ९६४ रुपैयाँ आर्थिक सहयोग उपलब्ध गरेका हुन्। संकलित रकम सोमबार सरस्वती माबिमा आयोजित कार्यक्रममा सिंगापुर पुलिस फोर्सका अफिसर नविन राईले अग्नीपीडित शिक्षकलाई सोमबार हस्तान्तरण गरे।

    सिंगापुर पुलिस फोर्समा कार्यरत इन्सपेक्टर नबिन राई, बालजित राई, जीतेन्द्र राई, सव–इन्सपेक्टर खड्गाबिक्रम राई, स्टाफ सार्जिन्ट प्रकाश जोशी, होमकाजी गुरुङ लगायतका ३२ जना पूर्व विद्यार्थीको पहलमा संकलन गरिएको रकम अग्नीपीडित शिक्षकलाई उपलब्ध गराइएको हो। रत्नपार्कका अम्बिका बुढाथोकीको घरबाट सुरु भएको आगोले श्रेष्ठ र बुढाथोकीको घर पूर्ण र तीन घरमा आंशिक क्षति पुगेको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]