अर्थ

पहेलो धातुको मूल्य छ वर्षयताकै उच्च, सेयर मार्केट घट्नु प्रमुख कारण

माघ २१, २०७५

    काठमाडौं : स्थानीय बजारमा (पहेलो धातु) सुन तथा चादीको मूल्य निरन्तर उकालो लागेको छ।  अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार बढ्दै गएपछि प्रत्यक्ष प्रभाव स्थानीय बजारमा परेको छ।

    पछिल्लो एक महिनाको मूल्य वृद्धिदरलाई हर्ने हो भने छापावाला सुनको मूल्य प्रतितोला दुई हजार दुई सय रुपैयाँले बढेको छ। स्थानीय बजारमा सुनको मूल्य तोक्‍ने नेपाल सुनचादी व्यवसायी महासंघले  पुस २१ मा छापावाला सुनको मूल्य प्रतितोला ६० हजार तीन सय रुपैयाँ तोकेकोमा माग २१ गते ६२ हजार ५०० रुपैयाँ तोकेको छ।

     नेपाली बजारमा सुनको मूल्य सबैभन्दा माथिपुग्दा ६ वर्षअघि प्रतितोला ६३ हजार ४ सय रुपैयाँसम्म पुगेको थियो । अहिले करिब सोही अंकपछि रहेको छ। सुनचादी व्यवसायीहरूले सेयर मार्केट खस्कनु भारतीय रूपैयाँ कमजोर बन्‍नु लगायतका कारणले गर्दा सुनको मूल्य बढेको र अझै केही दिन बढ्न सक्ने बताएका छन्। 

    नेपाल सुनचादी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिरत्‍न शाक्यले सुनमा माग बढ्दै गएको कारण मूल्य निरन्तर उकालो लागेको बताए। "सेयर मार्केट खस्केको छ, अन्य क्षेत्रमा लगानी गर्ने अवस्था नबनेको कारण पनि सुनमा लगानी बढेको छ, त्यसैले मूल्यमा प्रभाव परेको छ" शाक्यले भने "सुनको मूल्य तत्काल घट्न सक्ने अवस्था देख्दैनौ"
    डलर कमजोर भएसँगै सेयरबजारमा मूल्य घट्दै गएकाले लगानीकर्ता सुनमा आकर्षित भएपछि सुनको मूल्य बढ्दै गएको व्यवसायीको भनाई रहेको छ। सोमबार स्थानीय बजारमा छापावाल सुनको मूल्य प्रतितोला ६२ हजार ५०० रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य ६२ हजार २०० तोकिएको छ। त्यस्तै चादीको मूल्य भने प्रतितोला ७८० रुपैयाँ पुगको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]