काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीलाई विश्वासको मत नदिन २ मन्त्रीलाई ह्विप जारी गरिएको छ। नागरिक ...
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त तीन राजदूतलाई पद तथा गोपनीयताको शपथ गराएकी छिन्।
राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार बिहान आयोजित विशेष समारोहमा उहाँले संयुक्त राष्ट्रसंघ न्यूयोर्कका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई तथा सोही विश्वसंस्थाको जेनेभाका लागि स्थायी प्रतिनिधि मणिप्रसाद भट्टराईलाई शपथ गराइन्।
इजरायलका लागि नेपाली राजदूत अञ्जान शाक्यले पनि भण्डारीसँग पद तथा गोपनीयताको शपथ लिइन्।
समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, परराष्ट्र सचिव शङ्करदाश वैरागी, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारी उपस्थित थिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।