ललितपुर : गोरखा पोलब्रेकर्स संघ नेपालको आयोजनामा पर्सि आइतवार चौथो अन्तरराष्ट्रिय पोलब्रेक च्याम्पियनसिप प्रतियोगिता आयोजना हुने भएको छ। बि...
धनगढी प्रिमियर लिग (डिपिएल) को तेस्रो संस्करण आज देखी सुरु हुँदैछ।
धनगढीको फाप्ला मैदानमा हुने पहिलो खेलमा घरेलु टोली धनगढी स्टार्स र काठमाडौं गोल्डेन्सले प्रतिसप्रर्धा गर्ने छन्। यी दुईबिचको खेल सोमबार विहान ९ बजे सुरु हुने छ। दोस्रो खेलमा महेन्द्रनगर युनाइटेट र रुपन्देही च्यालेन्जबीच हुनेछ।
फागुन ११ गते सम्म चल्ने प्रतियोगिताको विजेताले ३० लाख, उपविजेताले १२ लाख, तेस्रोले ४ लाख र चौथो स्थानमा रहनेले २ लाख प्राप्त गर्नेछन्। यस्तै प्रतियोगिताको गोल्डस्टार मोष्ट भेल्युवल प्लेयरलाई गोल्डस्टार सुनको जुत्ता पाउनेछ।
प्रत्येक खेलका नबिल बैंक म्यान अफ द म्याचलाई १५ हजार, म्यान अफ द सीरिज, वेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समेत उचित पुरस्कारको व्यवस्था हुने आयोजकले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।