दाङ : दाङमा दुई महिलाको हत्या भएको अवस्थामा शव फेला परेको छ। घोराही उपमहानगरपालिका-१० पहलेपारकी ५० वर्षीया जुपली बुढा र सुर्खेत वीर...
गुल्मी : २५ जनाको क्षमता रहेको जिल्ला कारागार गुल्मीमा ७० जना कैदी बन्दीहरु बस्न बाध्य रहेको जिल्ला कारागार कार्यलय गुल्मीले जनाएको छ।
२५ जनाको क्षमता रहेको ङ बर्गको कारागारमा अहिले ७० जना कैदीबन्दीहरु राख्न बाध्य भएको कारागार प्रमुख उद्धब पन्थीले जानकारी दिए। पन्थीका अनुसार पुरुष ६३ जना , महिला ५ जना र आश्रीत नाबालक २ जना गरि जम्मा ७० जना कारागारमा कैदी बन्दीहरु रहेको बताए।
कैदीबन्दीहरुलाई ठाउँ साँघुरो हुँदा प्रयाप्त खेलमैदान नहुनु , आर्थिक पार्जनका लागि उधोगहरु खोल्न का लागि पनि समस्या भएको र मुख्य गरि जिल्ला कारागार गुल्मीमा खानेपानीको समस्या रहेको बताउदै भबन पनि जिर्ण रहेकाले समस्याहरु अझ थपिदै गएको पन्थीले बताए। हाल सम्म त दुख सुख चलाउदै आएका छौ अझ कैदीबन्दीहरु थपिए भने समस्या अझै बिकराल बन्दै जाने पन्थीको दाबी छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।