खेलकुद

महिला विश्वकप छनोट : नेपालद्वारा चीन पराजित

फागुन १३, २०७५

    काठमाडौं : आइसिसी महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत एसिया छनोटमा नेपालले चीनलार्ई पराजित गरेको छ। सोमबार थाइल्यान्डमा भएको खेलमा चीनलाई पराजित गर्दै नेपालले जारी प्रतियोगितामा चौथो जीत दर्ता गरेको हो।

    बैंककको डथाई क्रिकेट मैदानमा भएको पाँचौँ खेलमा नेपालले चीनलाई पाँच रनले पराजित गरेको हो। टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७७ रन बनाएको थियो। ७८ रनको विजय लक्ष्य पछ्याउने क्रममा चीनले २० ओभर खेल्दै ६ विकेट गुमाएर ७२ रनमात्र बनायो। चीनका लागि झान मेईले सर्वाधिक ३३ रन तथा सियोन झौले १८ रन जोडिन्।

    बलिङतर्फ नेपाललकी सीता राना मगरले तीन तथा कृष्ण कुँवरले १ विकेट लिइन। त्यसअघि ब्याटिङ गर्दै नेपालका लागि काजल श्रेष्ठले सर्वाधिक १८ रन, सीता राना मगरले ११, बिन्दु रावलले १०, इन्दु बर्माले ८, नेरी थापाले अविजित ७ रन तथा सरिता मगरले ६ रन जोडिन।

    बलिङतर्फ चीनकी वाङ मेङ र हान लिलीले दुई-दुई विकेट लिए। जीतसँगै नेपाल ८ अंकसहित तेस्रो स्थानमा छ। नेपालले बुधबार कुवेतसँग खेल्नेछ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]