राजनीति

अर्थमन्त्री डा. खतिवडाद्वारा आर्थिक कार्यविधि विधेयक प्रस्तुत

फागुन १४, २०७५

    काठमाडौं : प्रतिनिधिसभाको मंगलबारको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक २०७५’ प्रस्तुत गरेका छन। उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई बैठकमा बहुमतले अस्वीकृत गरेको थियो।

    यसैगरी अर्थमन्त्री डा. खतिवडाले बैठकमा प्रस्तुत गरेको ‘भुक्तानी तथा फछ्र्यौट विधेयक २०७५’ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको थियो।

    बैठकले अर्थमन्त्री डा. खतिवडाले प्रस्तुत गरेको ‘सूचना प्रविधिसम्बन्धी विधेयक २०७५’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्रीका तर्फबाट अर्थमन्त्री डा. खतिवडाले उक्त प्रस्ताव प्रस्तुत गरेका  थिए।

    प्रतिनिधिसभाको अर्को बैठक फागुन १६ गते दिउँसो १ बजे बस्नेगरी स्थगित भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]