समाज : सुरक्षा/अपराध

निर्मला हत्या प्रकरण : एसपी विष्ट विरुद्धको मुद्दामा थुनछेक बहस सुरु

चैत ६, २०७५

    कञ्चनपुर : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका १३ की बालिका निर्मला पन्तको हत्या प्रकरणमा बरर्खास्तमा परेका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टको जिल्ला अदालत कञ्चनपुरमा बुधबार बयान लिने कार्य सकिएको छ।

    मंगलबार अदालतमा निवेदनसहित उपस्थित भएका विष्टमाथि यातनासम्बन्धी मुद्दा र प्रमाण नष्ट गरेको मुद्दामा बयान लिने कार्य गरिएको हो। बयान लिने कार्य सकिएपछि दुवै मुद्दाबारे थुनछेक बहस सुरु भएको छ।

    कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश राजेन्द्र कुमार आर्चायको एकल इजलासमा बादीका तर्फबाट जिल्ला न्यायाधिवक्ता देवराज भारती र सहन्यायाधिवक्ता मोहन दत्त जोशीलगायत दुई जना सरकारी वकिलले बहस गरेको अदालतका श्रेष्तेदार हरिकृष्ण अवस्थीले बताए। प्रतिवादीका तर्फबाट अधिवक्ता कृष्णदेव जोशीले बहस गरेका छन्।

    बुधबार भएको बहसमा समय अपुग भएपछि शुक्रबार पुनः बहस हुने उनले बताए। 'समय अपुग भएको छ', उनले भने, 'शुक्रबार पुन: बहस हुने गरी कार्यतालि तोकिएको छ। बहसको कार्य पूरा नभएपछि बर्खास्त प्रहरी उपरीक्षक विष्टलाई जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएका छौँ।’

    बरर्खास्त प्रहरी उपरिक्षक विष्टसहित आठ जनाविरुद्ध निर्मलाकी आमा दुर्गादेवी पन्तले सार्वजनिक न्यायविरुद्धको कसुर र दिलीप सिह विष्टका दाजु खडक विष्टले यातानाविरुद्धको कसुरमा मुद्दा दायर गरेका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]