ललितपुर : बैशाख दोस्रो साता चीनमा सम्पन्न अन्तरराष्ट्रिय उसु आमन्त्रित प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई उसु महासंघ नगदसहित सम्मान गर्न...
काठमाडौं : आठौं बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी वैशाख ५ देखि ११ गतेसम्म सञ्चालन हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)को शुक्रबार बसेको बोर्ड बैठकले प्रदेश ५ मा हुने उक्त प्रतियोगिताको मिति तय गरेको हो।
यसअघि बसेको कार्यकारी समितिको बैठकले उक्त प्रतियोगिता यही चैत २५ गते उद्घाटन गर्न प्रस्ताव गरेको थियो। पछिल्लो समय राखेप सदस्यसचिव केशवकुमार विष्टले सो प्रतियोगिताको उद्घाटन यही चैत २७ गते हुने बताउँदै आएका थिए।
नेपालगञ्ज रङ्गशालाको भिआइपी प्यारापिटको निर्माण सम्पन्न नहुँदा प्रतियोगिताको मिति अनिश्चित बनेको थियो। अहिले प्यारापिटको काम तीव्र गतिमा अघि बढेका कारण नयाँ मिति तय गरिएको हो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।