काठमाडौं : काठमाडौंसहित देशभरका विभिन्न ठाउँमा अहिले वर्षा भइरहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका अधिकांश ठाउँमा हल्कादेखि...
बारा : माध्यमिक शिक्षा परीक्षा (एसइइर्) स्थगित भएपछि बाराका विद्यार्थी आन्दोलित भएका छन्। आक्रोशित विद्यार्थीले सडकमा टाएर बाल्नुका साथै जीतपुरस्थित इलाका प्रहरी कार्यालयको ना१झ ७१२ नम्बरको भ्यानमा आगजानीसमेत गरेका छन्। प्रहरी र विद्यार्थीबीचको झडपले उग्ररुप लिएपछि अहिले जीतपुर तनावग्रस्त बनेको छ। विद्यार्थीले घरको छतबाट प्रहरीलाई ढुंगा प्रहार गरिरहेका छन्।
प्रहरीले प्रदर्शनलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ। परिक्षा स्थगित भएको विरोधमा विद्यार्थीहरुले वीरगञ्ज–पथलैया सडक खण्ड बन्द गरेपछि अहिले सवारी आवागमन समेत ठप्प भएको बाराका प्रहरी नायव उपरिक्षक हेम बहादुर शाहीले जानकारी दिए। विद्यार्थीको भिडलाई नियन्त्रणमा लिन अहिले बाक्लो रुपमा प्रहरी परिचालन गरिएको उनले बताए। लगातार प्रश्नपत्र बाहिरिएपछि प्रदेश सरकारको आग्रहमा संघीय सरकारले हिजो प्रदेश नम्बर दुईमा एसइई परीक्षा स्थगित गरेको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।