खेलकुद

कोपा अमेरिका : पेरुले भेनेजुएला र अर्जेन्टिनाले कोलम्वियाको सामना गर्दै

जेठ ३२, २०७६

    काठमाडौं : कोपा अमेरिका २०१९ अन्तर्गत आइतबारको पहिलो खेलमा पेरुले भेनेजुएलाको सामना गर्दैछ। नेपाली समयअनुसार पौने १ बजे खेल हुनेछ।

    कोपा अमेरिकामा यसअघि यी २ टोली ७ पटक आमनेसामने भएका थिए। जस्मा पेरुले ५ खेलमा जित १ बराबरी १ हार व्यर्होरेको छ। सन् २०११ को सेमीफाइनलमा पेरु ४–१ गोल अन्तरले विजयी भएको थियो। पेरु सन १९७५ को कोपा अमेरिका विजेता टोली हो।

    त्यसैगरी नेपाली समयअनुसार आइतबार बिहान पौने ४ बजे हुने खेलमा गत २ संस्करणको उपविजेता अर्जेन्टिनाले कोलम्वियाको सामना गदैछ।

    लियोनल मेस्सीको कप्तानीमा उत्रिने अर्जेन्टिनाको टोलीमा क्लब फुटबलमा उत्कृष्ट खेल प्रदर्शन गरेका र्सिजयो अगुरो, एन्जल डि मारिया, निकोलास ओतामेन्दी, फ्रान्को अर्मानी जस्ता खेलाडी छन्।

    यस्तै राडेमल फाल्काओको नेतृत्वमा उत्रिने कोलम्वियन टिममा जेम्स रोड्रिग्वेज, यारी मिना जुवान क्वाड्राडो लगायत खेलाडी उत्रनेछन्। अर्जेन्टिना सन २०१५ र २०१६ को उपविजेता हो। दुवै संस्करणको उपाधीका लागि चिली बाधक बनेको थियो। उता कोलम्बियाले गत संस्करणमा सेमिफाइनल खेलेको थियो।

    सन् १९९३ मा कोपा अमेरिका जितेको अर्जेन्टिनाले उमेर समूहमा विश्वकप र ओलम्पिकमा स्वर्ण पदक जितेपछि ठूला प्रतियोगिता जित्न सकेको छैन। यस पटक भने अर्जेन्टिनालाई महादेशीय फुटबलको उपाधि जित्दै उपाधीको खडेरी तोड्ने अवसर छ।

    यस्तो छ अर्जेन्टिनाको सुरुवाती एघार

    अर्जेन्टिनाका प्रशिक्षक लिओनेल स्कालोनीले खेलको एक दिन अगाडी नै कोलोम्बियाविरुद्ध खेल्ने सुरुवाती ११ घोषणा गरेका छन्। मेस्सीको कप्तानीमा उत्रिने टोलीमा विङगर सर्जियो अगुएरो र एन्जल डी मारियाले रहेनेछन्। ३–३–४ को रणनीतिमा उत्रिने टोलीमा मिडफिल्डरमा पिएसजीका पेरेडिस रियल बेटिसका लो सेल्सो र क्लब अमेरिकाका गुइटो रोड्रिग्वेज रहेका छन्।

    डिफेन्डर अजाक्सका टेग्लिफिको, फियोरेन्टिनाका पेजेला, म्यानच्येस्टर सिटीका ओतामेन्दी र पोर्टोका सार्भेला रहेका छन् । अर्जेन्टिनाको गोलपोष्ट अर्मानीले सम्हाल्नेछन्। युभेन्टसका फरवार्ड पाउलो डिबाला र इन्टर मिलानका लौटारो मार्टिनेज भने बेन्चमा नै रहनेछन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]