खेलकुद

कोपा अमेरिका : कोलम्बियासँग अर्जेन्टिना पराजित

असार १, २०७६

    कोपा अमेरिका २०१९ अन्तर्गत समूह ‘बी’ को पहिलो खेलमा उपाधीे दाबेदार अर्जेन्टिना पराजित भएको छ।  

    कोलम्बियाले अर्जेन्टिनालाई २–० गोल अन्तरले हराएको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोश्रो हाफमा दुबै भए।  खेलको ७१ औं मिनेटमा रोजर मार्टिनेजले उत्कृष्ट गोल गर्दै कोलोम्बियालाई अग्रता दिलाएका थिए। उनले जेम्स रोड्रिग्वेजको लामो पासलाई नियन्त्रणमा लिँदै डि–बक्सको दायाँ भागबाट गोल गरेका थिए।

    कोलोम्बियाले ८६ औं मिनेटमा डुभान जपाटाले अग्रता दोब्बर बनाए। कप्तान राडामेल फाल्कोआको स्थानमा मैदान प्रवेश गरेका उनले जेफर्सन लेर्माको पासलाई सदुपयोग गर्दै कोलोम्बियाको अग्रता दोब्बर बनाए। अर्जेन्टिना रहेको समूह बी मा कतार, कोलोम्बिया र पाराग्वे रहेका छन्। 

    अब अर्जेन्टिनाले अर्को खेलमा बुधबार पाराग्वेको सामना गर्नेछ। त्यसैगरी अर्को खेलमा पेरु र भेनेजुएलाले गोलरहित बराबरी खेले।  खेलको ७५ औं मिनेटमा लुइस डेल पिनोले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा भेनेजुएला १० खेलाडीमा समेटिएको थियो। तर, त्यसको फाइदा पेरुले उठाउन सकेन।  सोमबार हुने पहिलो खेलमा कतार र पाराग्वे भिडदैछन्। दोश्रो खेलमा उरुग्वेले इक्वेडरको सामना गर्नेछ। 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]