समाज

बालश्रममुक्त नगर बनाउन घरदैलो

असार १, २०७६

    डोटी : जिल्ला सदरमुकाम सिलगढी र दिपायलमा हातमा पोस्टर बोकेका एक हुल मान्छे घरदैलो गरिरहेका थिए। झट्ट हेर्दा चुनावको प्रचार–प्रसार गरिरहेकाजस्तो लाग्ने उनीहरु हरेक जसो घरमा पुगेर नस्कार गर्दै अपिल गरिरहेका थिए। यो कुनै पार्टी, संगठन वा संस्थाको प्रचारका लागि नभइ बालश्रम मुक्त नगर बनाउन घरदैलो अभियान गरिरहेका थिए। 

    टोलीले नगरपालिकालाई बाल श्रममुक्त बनाउन घरघरमा पुगेर बालश्रम नराख्न आग्रह गरेको छ। बालश्रमिक रहेका घरमा नराख्न र चाँडै व्यबस्थापन गर्न निर्देशन समेत दिइइएको नगरपालिकाले जनाएको छ।

    डोटीको सबैभन्दा पुरानो दिपायल सिलगढी नगरपालिकाले बालश्रम मुक्त नगरपालिका घोषणाका लागि तीव्र अभियान सञ्चालन गरिएको छ। नगर क्षेत्रभित्र रहेका  बालश्रमिकलाई शून्यमा झारेर देशकै पहिलो बालश्रम मुक्त नगरपालिका बनाउनका चेतनामुलक अभियान सञ्चालन गरिएको नगरपालिकाका समाजिक विकास अधिकृत रमेशचन्द्र जोशीले बताए।

    ‘हामी यो नगरलाई देशको पहिलो बालश्रम मुक्त नगर घोषणा गर्ने गरी काम गरिरहेका छौँ,’ जोशीले भने, ‘आशा छ, यो अभियानमा श्रमिक बालबालिकाका अभिभावकले पनि साथ दिनु हुनेछ।’

    डोटीका विभिन्न गाउँ र अछाम, बाजुरा र बझाङ जिल्लाका बालबालिका श्रमिकका रुपमा सिलगढी तथा दिपायलका होटल तथा घरमा राखिएको दिपायल सलगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज शर्माले बताए। ‘विशेषगरी दिउँसो विद्यालय जाने र बिहान बेलुका घरको काम गर्ने बालश्रमिकको संख्या घेरै छ,’ शर्माले भने, ‘पहिला होटलमा धेरै भए पनि अभियान सुरु भएपछि त्यहाँ छैनन्।’

    घरमा राखिएका बालबालिकालाई राख्ने अभिभावकले बालश्रमिक स्वीकार गर्न नमानेको सुरक्षित अल्पकालीन महिला सेवा केन्द्रकी अध्यक्ष देवकी बोहराले बताइन्। ‘हामीले घरदैलो मै पुगेर बालश्रमिक नराख्न अनुरोध गर्‍यौँ,’ उनले भनिन्, ‘उनीहरु उल्टै यी कसरी बालश्रमिक हुन्छन् भन्दै प्रतिबाद गर्छन् ।

    जनप्रतिनिधिको पहल 

    बालश्रम मुक्तको मुद्दा लामो समयदेखि उठे पनि स्थानीय तहमा जनप्रतिनिधि आएपछि यसको कार्यान्वयन सुरु भएको छ। 

    दिपायल सिलगढी नगरपालिकाकी प्रमुख मञ्जु मलासीले नगरलाई बालश्रम मुक्त अभियानलाई सार्थक बनाउने प्रतिवद्धता व्यक्त गरिन्। ‘हामीले आर्थिक रुपमा अति विपन्न बालश्रमिकलाई होस्टेलमा राखेर नै माध्यमिक तहसम्मको शिक्षा प्रदान गर्छाैँ,’ उनले भनिन्, ‘विपन्न परिवारको आर्थिक स्थिति वृद्धिका लागि आयआर्जनका कार्यक्रम गर्नेछौँ।’

    आर्थिक रुपमा कमजोर भएको वडाबाट प्रमाणित भएर आएमा माध्यमिक तहसम्मको शिक्षा नगरपालिकाले निःशुल्क दिने प्रमख मलासीले प्रतिवद्धता जनाइन्।

    नगरपालिकाले २० जना बालश्रमिकलाई आवासीय खर्च व्यर्होेने गरी विद्यालयमा भर्ना गरेको नगरपालिकाका सामाजिक विकास अधिकृत रमेशचन्द्र जोशीले जानकारी दिए। उनले भने, ‘चार जना शहीद स्मृति विद्यालय, राजपुर र १६ जना सिलगढीमा रहेको शैलेश्वरी आवासीय माध्यमिक विद्यालयमा आवासीय खर्च नगरपालिकाले व्यर्होने गरी भर्ना गरेका छौँ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]