राजनीति

सुदूरपश्चिम प्रदेश सरकारको बजेट सार्वजनिक हुँदै

असार १, २०७६

    धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आइतबार आगामी आर्थिक वर्ष ०७६/०७७ का लागि बजेट सार्वजनिक गर्दै छ । आज अपराह्न साढे ४ बजे आह्वान गरिएको प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहराले बजेट प्रस्तुत गर्ने छन्। 

    आगामी आर्थिक वर्षको लागि प्रदेश सरकारले  २९ अर्ब हाराहारीको बजेट ल्याउन लागेको छ। बजेटमा कृषि,  पूर्वाधार र पर्यटनलाई उच्च प्राथमिकता दिइएको मन्त्री बोहराले बताएका छन्। वैदेशिक आयात प्रतिस्थापन गर्ने खालका कार्यक्रम बजेटमा समावेश हुने उनको भनाइ छ।  स्वरोजगारलाई पनि बजेटमा प्राथमिकता दिइने मन्त्री बोहराले दाबी गरेका छन्।

    सरकारले चालू आर्थिक वर्षका लागि २५ अर्ब ६ करोड ५६ लाख १४ हजारको बजेट ल्याएको थियो। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]