राजनीति

प्रदेश २ काे बजेट ३८ अर्ब ७२ करोड ५६ लाख (पूर्णपाठ)

असार १, २०७६

    जनकपुरधाम : प्रदेश २ को सरकारले आर्थिक वर्ष २०७६/०७७ का लागि ३८ अर्ब ७२ करोड ५६ लाखको बजेट प्रस्तुत गरेको छ।  आइतबार प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री विजय यादबले बजेट प्रस्तुत गरेका हुन्।

    कुल बजेटको चालुतर्फ १९ अर्ब ११ करोड ९७ लाख ३८ हजार ( ४९. ८१ प्रतिशत) र पुँजीगत तर्फ १९ अर्ब २६ करोड ५४ लाख ६४ हजार (५०. १९ प्रतिशत) विनियोजन गरेको छ। बजेटमा कृषि, उधोग, पर्यटनलाई विशेष जोड दिएको छ। कृषि उत्पादन बढाउन र वैदेशिक रोजगारीबाट फर्केका युवालाई कृषिजन्य साना उधोगतर्फ आकर्षिक गर्न बजेट विनियोजना गरेको छ।

    प्रदेश सरकारले संघीय सरकारसँग समन्वय गरी प्रधानमन्त्री कृषि आधुनिकीकरण योजना संचालनमा ल्याउने भएको छ। यसका लागि ४९ करोड विनियोजना गरेको हो। यस्तै मुख्यमन्त्री कृषि उत्थान कार्यक्रमका लागि पनि २० करोड छुट्याएको छ।

    प्रदेश २ ले सबैभन्दा बढी प्राथमिकता ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियानलाई दिएको छ। यसका लागि २९ करोड विनियोजना गरेको छ। चुरे मधेसको लाइफ लाइन भए पनि संरक्षणका लागि भने थोरै बजेट विनियोजना गरेको छ। चुरे संरक्षणका लागि मात्र ३ करोड छुट्याएको छ।

    बजेटको पूर्णपाठ :
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]