अर्थ

रसुवा भन्सारमा ब्रोकर मोडल सञ्चालन

असार २, २०७६

    रसुवा : टिमुरेमा रहेको रसुवा भन्सार कार्यालयमा ब्रोकर मोडल सञ्चालन गरिएको छ। आइतबारदेखि कार्यालयमा आसिकुडा वल्ड सिष्टमको ब्रोकर मोडल सञ्चालन गरिएको हो। ब्रोकर मोडलमा पहिलो एजेन्टको रुपमा माधव प्रसाद सापकोटाले अनुमति पाएका छन्। 

    शुक्रबार भन्सार कार्यालयमा एक कार्यक्रमका बिच अर्थमन्त्री डा. युवराज खतिवडाले सापकोटालाई मोडल सञ्चालनका लागि अनुमतिको चिठी दिएका थिए। भन्सार जाँचपास प्रक्रियालाई अन्तर्राष्ट्रिय मान्यता र मापदण्ड अनुरूप बनाउने तथा आसिकुडा वल्ड सिष्टमलाई पूर्ण कार्यान्वयनमा ल्याउनका लागि ब्रोकर मोडल सञ्चालनमा ल्याइएको भन्सार प्रमुख पुण्यविक्रम खड्काले बताए। ब्रोकर मोडलले भन्सार कार्यालयका कर्मचारी र व्यावसायी दुवैलाई जिम्मेवार बनाउने छ। 
    यसले कार्यालयको लोड घट्ने छ। आयातकर्ता, प्रतिनिधि वा भन्सार एजेन्टले ब्रोकर मोडलबाट मालवस्तुको घोषणा गर्ने छन्। यो मोडल सिन्धुपाल्चोकको तातोपानी भन्सार सञ्चालनकै दिनबाट र रसुवागढीमा भने असार १ गतेबाट राखिएको भन्सार विभागले जनाएको छ।

    यसअघि एजेन्ट नभएका कारण ब्रोकर सुरु हुन सकेको थिएन्। यो प्रणालीले भन्सार कर्मचारी र व्यावसायी बीचको दूरी पनि बढाउने छ। यसका लागि व्यावसायी तथा एजेन्टले पासवर्ड पाउँछन्। त्यही सफ्टवेयर प्रयोग गरेर उनीहरूले जहाँबाट पनि सामग्रीको घोषणा गर्न सक्छन्।

    घोषणा गर्नुपूर्व उनीहरूले सामग्री अनुसार महसुल हेर्नुपर्छ। सङ्केत नम्बर गलत गरेर कम मूल्याङ्कन गरेमा कार्वाही हुने उनले बताए। जाँचपास गराउनका लागि भन्सारको कर्मचारी अनिवार्य हुँदै आएकोमा यसले कमि ल्याउने विस्वास गरिएको छ। यसअघि साना व्यावसायी तथा एक पटक मात्र सामग्री ल्याउनेका लागि प्रयोग गरिने ९९९ पासवर्ड प्रयोग गरेर काम गर्ने गरिएको थियो। 

    सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भए पछि रसुवागढी नाकाबाट निकासी, पैठारी बढेसंगै भन्सार असुली पनि बढेको हो । कार्यालयले निकासी, पैठारी, महसुल, सेवा शुल्क, कृषि सुधार, अन्त शुल्क भ्याट लगायतका शुल्क बापत भन्सार असुली गर्ने गर्दछ। चीन जोड्ने विभिन्न नाकामध्ये रसुवागढी नाका मात्रै सञ्चालनमा रहेकाले यो नाकामा व्यापारीक कारोबार बढेको छ।

    चीनको केरुङबाट रसुवागढी नाका हुदै नेपाल तर्फ रेडिमेड कपडा, कम्मल, घडि, जुत्ता, चप्पल, स्याउ, बिद्युतीय तथा इलेक्ट्रोनिकलगायतका सामाग्रीहरु भित्रिने गरेको छ भने नेपालबाट केरुङ तर्फ हस्तकलाका सामाग्रीहरु जाने गरेको छ। २०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि व्यापारी, व्यावसायी र सवारीको चाप बढ्दै गएको छ। 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]