विश्व

छुटे अम्ब्रेला मुभमेन्टका नेता, हङकङका आन्दोलनकारीलाई हौसला

असार २, २०७६

    विद्यार्थी नेता जोशुआ वोङले हङकङकी कार्यकारी प्रमुख केरी लेमलाई राजीनामा दिन सुझाएका छन्। जेलबाट छुटेलगत्तै पत्रकारहरुसँग कुरा गर्दै वोङले प्रमुख कार्यकारीको राजीनामा मागेका हुन्। वोङ संस्थापनविरुद्ध जारी स्वतन्त्रता आन्दोलनको अग्रणी मानिन्छन्।

    हङकङमा यतिखेर चीनसँग हुन लागेको सुपुर्दगी सम्झौताविरुद्ध सडक तातिरहेको छ। यद्यपि प्रमुख कार्यकारी केरी लोमले विधेयक प्रस्ताव गरेकोमा क्षमा याचना गर्दै विधेयकमाथिको छलफल स्थगन भएको घोषणा गरिसकेकी छन्। तैपनि स्थानीयको आक्रोशको पारो घटेको छैन। उनीहरुले कार्यकारी लोममाथि चीनपरस्त भएको आरोप लगाएका छन्। आन्दोलनकारीका अनुशार आइतबारको प्रदर्शनमा २० लाख मानिस सडकमा उत्रिएका थिए।

    आलोचकहरुले सुपुर्दगी विधेयक पारित भएमा आँफूले समातेका बन्दीहरु चीनलाई बुझाउन हङकङ बाध्य हुने र हङकङको न्याय व्यवस्थामा चीनको प्रभाव गहिरिने टिप्पणी गरेका थिए। यसका साथै यो विधेयकले हङकङमाथिको नियन्त्रण बढाउन चीनलाई सजिलो हुने उनीहरुको बुझाइ छ।

    को हुन् जोशुआ वोङ ?

    सोमबार बिहान रिहा गरिएका वोङ हङकङको प्रसिद्ध अम्ब्रेला मुभमेन्टुको क्रममा जेल परेका थिए। त्यसअघि सन् २०१७ मा पनि उनलाई गिरफ्तार गरिएको थियो।

    'केरी लेम अब हङकङको नेतृत्व सम्हाल्न योग्य रहिनन्', जेलबाट निस्कँदै गर्दा पत्रकारहरुसँग वोङले भने, 'उनले आँफूमाथिका सबै आरोप स्विकार्दै राजीनामा दिनुपर्छ।'

    आफ्नो रिहाइ र सुपुर्दगी विधेयक स्थगन भएकोमा ट्विटमार्फत खुसी प्रकट गर्दै उनले सबै राजनीतिक मुद्दाहरु खारेज गर्नसमेत माग गरे।

     

     

    २२ वर्षीय वोङको रिहाइले आन्दोलनकारी हौसिएका छन्। उनको रिहाइले प्रमुख कार्यकारी लेममाथि थप दबाब पर्ने अनुमान गरिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]