खेलकुद

सरफराजले त्यही त्यही गरे, जे नगर्नू भनिएको थियो

असार २, २०७६

    सबैलाई थाहै छ, पाकिस्तानका प्रधानमन्त्री इमरान खान पाकिस्तानी क्रिकेट टोलीका पूर्वकप्तानसमेत हुन्।

    उनै पूर्वकप्तान इमरानले जारी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत आइतबार भएको भारतविरुद्धको खेलमा पाकिस्तानी क्रिकेट टिमका क्याप्टेन सरफराज अहमदलाई दुईवटा महत्त्वपूर्ण सन्देश पठाएका थिए। तर, सरफराजले इमरानको सुझावलाई व्यवहारमा उतारेनन्। पाकिस्तान भारतसँग ८९ रनले हार्‍यो।

    इमरानले सरफराजलाई सुझाएका थिए; टस जित्यौ भने ब्याटिङ रोज्नू। पाकिस्तानले टस त जित्यो, तर सरफराजले फिल्डिङ रोजे। इमरानको दोस्रो सुझावमा भनिएको थियो, राम्रा खेलाडीहरुलाई शुरुमा उतार्नू। यसमा पनि सरफराजले आफ्नै सुरले निर्णय लिए। अथवा उनले जे जे नगर्नू भनिएको थियो, त्यही त्यही गरे।

    यसको अर्थ यो होइन की सरफराजले प्रधानमन्त्रीको सुझाव मानेको भए पाकिस्तानले खेल जित्ने ग्यारेन्टी थियो। रोचक कुरा त के छ भने पाकिस्तानले वर्ल्डकपमा आजसम्म भारतलाई एकपटक पनि हराउन सकेको छैन। अर्को रोचक कुरा, पाकिस्तानले सन् १९९२ मा वर्ल्डकप जितेको थियो- त्यतिखेर पाकिस्तानी क्रिकेट टिमका क्याप्टेन थिए, अहिलेका पाकिस्तानी प्रधानमन्त्री इमरान खान।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]