समाज

बझाङ दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १० पुग्यो

असार २, २०७६

    धनगढी :  बझाङको मष्टा गाउँपालिकास्थित फलाटे डाँडामा सोमबार जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्‍या १० पुगेको छ। त्यस्तै घाइते हुनेको संख्या ५ पुगेको छ।

    डुम्री बजारबाट मष्टा गाउँपालिका जाँदै गरेको से१ज १०७२ नम्बरको जिप दुर्घटना भएको हो। मृत्यु हुनेमा अहिलेसम्म मष्टा गाँउपालिका–१ का कलकबहादुर खड्का र उनका छोराको मृत्यु भएको छ। उनको नाम खुलेको छैन्। यस्तै जुनधारा खड्का, नैन खड्का, धौली खड्का, जुना खड्का, भक्त द्धाल, चालक सुरेन्द्र थापा र लक्ष्मी द्धालको मृत्यु भएको वडा प्रहरी कार्यालय चैनपुरका सइ माहानन्द जोशीले बताए।

    गम्भिर घाइते मध्ये ठाटीकाँध गाउँपालिका ४ का जीप मालिक ३० वर्षीय लोकेन्द्रबहादुर शाही सोही ठाउँका ३० वर्षीय बमबहादुर शाही ४२ वर्षीय सुरत शाही र जीप चालक २५ वर्षीय भरत विष्टलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको । प्रमुख जिलला अधिकारी बास्कोटाले जानकारी दिए।  

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]