छापा

सात विश्वविद्यालयका कुलपतिको पदावधि सकिँदै

असार ४, २०७६

    काठमाडौं : मुलुकका ११ मध्ये सात विश्वविद्यालय असोजभित्र पदाधिकारी हुँदैछन्। नयाँ नियुक्तिाका लागि ६ महिनाअगावै सुरु हुनुपर्ने प्रक्रिया सरकारले अघि बढाएको छैन।

    कान्तिपुर दैनिकमा समाचार छ, त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलगायतको पदावधि भदौमा सकिँदैछ। नेपाल संस्कृत विश्वविद्यालय, पोखरा, पूर्वाञ्चल, मध्यपश्चिमाञ्चल र कृषि तथा वन विश्वविद्यालयका पदाधिकारीको पदावधि असोजमा सकिँदैछ। सबै विश्वविद्यालयका पदाधिकारी राजनीतिक दलको भागबण्डाका आधारमा नियुक्त हुने गरेका छन्।

    विश्वविद्यालय र उच्च शिक्षा प्रदायक स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी नियुक्तिको मापदण्ड निर्धारण कार्यदलको प्रतिवेदन २०७५ ले बहालवाला पदाधिकारीको कार्यकाल सकिन ६ महिनाअघि नै विश्वविद्यालय अनुदान आयोगका अध्यक्षको संयोजकत्वमा ‘सर्च कमिटी’ गठन गर्न निर्देश गरेको छ। सरकारले अहिलेसम्म पनि कमिटी गठन प्रक्रिया अघि बढाएको छैन। बरु सत्तानिकटका केही प्राध्यापक पदाधिकारी नियुक्त हुन आन्तरिक चलखेलमा लागिसकेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]