समाज

हुरी बतासले दलित बस्ती नै उडायो, ४१ घरमा क्षति

असार ४, २०७६

    सप्तरी :  सप्तरीको शम्भुनाथ र खडक नगरपालिका क्षेत्रमा मंगलबार आएको हुरीबतासले  झुपडी समेत उडाएपछि स्थानीय दलितहरुको बिचल्ली भएको छ। 

    शम्भुनाथ नगरपालिकाको कनकपट्टि, मोहनपुर, कचन्दाहालगायतका दलित बहुल बस्तीमा हावाहुरीले बढी क्षति पुर्‍याएको छ। तीन गाउँका दलित बस्तीमा मात्र हुरीबतासले ११ घर पूर्ण रुपले भत्किएको छ भने ४१ वटा घरको छाना उडाएको र एक सय भन्दा बढी घरमा क्षति पुगेको शम्भुनाथ नगरपालिकाले जनाएको छ।

    शम्भुनाथ कनकपट्टीकी किस्नीदेवी सदायले सात जना परिवारको ओत लाग्ने झुपडी हुरीबतासले उडाऐपछि काखे नानीसहित सात जनाले टाउको लुकाउने ठाउँ समेत नपाएको गुनासो गरिन्। ‘हुरीबतासले घरको छानोमा हालिएको जस्ता उडाएर कता पुर्यायो फेला पार्न सकिएन’ सदायले गुनासो गरिन् ‘घरमा भएका लत्ताकपडा उडायो र अन्नपात समेत भिजेर काम नलाग्ने भएको छ, कसरी गुजारा गर्ने?’

    जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार हुरीबतासले खडक र शम्भुनाथ नगरपालिकामा गरी करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको छ। 

    ३१ वटा बिजुुलीको पोल ढल्यो

    हुरीबतासले जिल्लाभर ३१ वटा बिजुलीको पोल भाँचिएको र दुई वटा ट्रान्सफर्मरमा क्षति पुगेको नेपाल विद्युत प्राधिकरण सप्तरीले जनाएको छ। प्राधिकरणको राजविराज वितरण केन्द्रका प्रमुख चन्द्रनारायण साहकाअनुसार हुरीबतासले विभिन्न स्थानमा गरी करिब ३५ लाख रुपैयाँ मूल्यको क्षति भएको छ।

    शम्भुनाथ नगपालिका ५ कचन्दाहा जाने सहायक सडक खण्डमा रोकेर राखिएको ना.५ ख ५९५१ नम्बरको मालबाहक ट्रकमा बाटोमा बिजुलीको पोल ढलेर क्षति पुगेको छ।  

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]