विश्व

अर्को कार्यकालका लागि ट्रम्पको दौडधुप, चुनावी प्रचारमा जुटे

असार ४, २०७६

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदो वर्ष हुने राष्ट्रिपति चुनावका लागि आफ्नो चुनावी अभियान औपचारिक रुपमा सुरुवात गरेका छन्।

    ट्रम्पले दोस्रो कार्यकालका लागि चुनावी अभियानको सुरुवात फ्लोरिडाको ओरल्याण्डोबाट गरेका हुन्। ट्रम्पले आज ओरल्याण्डमा आयोजित र्‍यालीलाई सम्बोधन गर्दै दोस्रो कार्यकालका लागि चुनावी अभियानको सुरुवात गरेका हुन्। उनले अमेरिकालाई ‘ग्रेट’ बनाइराख्नका लागि थप चार वर्ष आफूलाई विश्वास गर्न आग्रह गरे।

    चुनावी अभियानको औपचारिक घोषणा र्‍यालीमा प्रथम महिला मिलानिया ट्रम्प थिइन्।  सन् २०१६ मा डेमोक्रयाटिक पार्टीकी हिलारी क्लिन्टनलाई पराजित गरेर राष्ट्रपति बनेका ट्रम्पले सन् २०२० को चुनावमा गम्भीर चुनौतीको सामना गर्नु पर्ने देखिएको छ।

    उनका नीति तथा कार्यशैलीले धेरै अमेरिकीमा असन्तोष पैदा भएको विश्लेषण गरिन्छ। डेमोक्रयाटिक पार्टीका तर्फबाट उम्मेदवार को बन्ने भन्ने तय भइसकेको छैन र पार्टीबाट उम्मेदवारी जित्नका लागि नेताहरुको कसरत चलिरहेको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]