राजनीति

'रुकुमको बजेट झापा र धनुषा लगियोस्'

असार ४, २०७६

    कठमाडौं : सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टीका नेता जनार्दन शर्माले रुकुमका लागि छुट्याइएको बजेट प्रधानमन्त्री केपी शर्मा ओली र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको जिल्लामा लैजान माग गरेका छन्।

    बजेट विनियोजन गर्ने क्रममा मन्त्रालयले नेता र आफूमुखी गरेको भन्दै शर्माले बुधबार बसेको संसद बैठकमा आक्रोश व्यक्त गरेका हुन्। 'भौतिक योजना मन्त्रालयका मन्त्रीजीलाई आग्रह गर्न चाहन्छु यो रकमान्तर गरेर झापा हालियोस्। प्रधानमन्त्रीजीलाई सहयोग गर्न चाहन्छु। झापा मात्रै भन्यो भनेर मन्त्रीजीलाई दुःख लाग्छ भने थोरै जनकपुरमा पनि लगियोस्', शर्माले भने, 'संघीयता भएपछि सन्तुलित विकास होला, पछि परेका क्षेत्रले प्राथमिकता पाउलान् भन्ने लागेको थियो। केन्द्रीकृत र नेतामुखी बजेट बनाइयो, दुःख लागेको छ।'

    शर्माले बजेटमाथिको छलफल समय खेर फाल्ने मेलो भएको भन्दै असन्तुष्टि पोखेका थिए। उनले बजेट निर्माणका क्रममा व्यापक छलफल गर्ने र बजेट पेश गरेको दिन नै पारित गर्ने व्यवस्था गर्नुपर्ने बताए। उनले भने, 'छलफलको सिस्टम बदलौँ, व्यर्थमा समय खेर फालिरहेका छौँ। यो समयको दुरुपयोग भएको छ। संसदमा यो गर्नु ठीक छैन।'

    पूर्वमन्त्री शर्माले श्रम तथा रोजगार मन्त्रीका काममा पनि असन्तुष्टि जनाएका थिए। मुलुकमा नै रोजगारीका अवसर सिर्जना गर्न लाग्नुपर्नेमा मन्त्री विदेशीसँग सम्झौता गरेर नै छाती फुलाइरहेको भन्दै आलोचना गरे। 'मुलुकभर श्रम सहकारी गठन होलान्, युवाहरूलाई तालिम दिइएला। विकास निर्माणका काम होलान् र युवाहरूले रोजागरी पाउनलान् भन्ने लागेको थियो।' उनले भने, 'तर, अहिले विदेशमा कहाँ के सम्झौता भयो भनेर छाती फुलाउने अवस्था आयो। देशको शिर निहुरिएको छ। फेरि पनि मन्त्रीलाई धन्यवाद दिनै पर्‍यो।'

    शर्माले लोडसेडिङ अन्त्य गरेवापत आफूले सजायँ पाएको भन्दै दुखेसो पोखेका थिए। उनले रुकुमका जनता अझै पनि अँध्यारोमा बस्न बाध्य भएको बताए। त्यहाँ काम भइरहेका योजनामा कम रकम विनियोजन गरिएको भन्दै उनले आक्रोश पोखेका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]