समाज

लोकसेवालाई अपांगहरूको प्रश्न : हाम्रो आरक्षण खोइ?

असार ४, २०७६

    रौतहट : लोकसेवा आयोगले स्थानीय तहका लागि खोलेको विभिन्न पदको विज्ञापनमा अपांग कोटा नभएको भन्दै अपांगता भएका व्यक्तिहरूले असन्तुष्टि जनाएका छन्।

    शारीरिक रूपमा अपाङ्ग भएका व्यक्तिहरूलाई अपाङ्ग भनेर राज्यले हेपेकोले आन्दोलन गर्ने बुधबार उनीहरूले बताए। रौतहटको चन्द्रनिगाहपुरमा आयोजित प्रदेश २ स्तरीय कार्यक्रममा प्रदेश भरीका अपाङ्गता भएका व्यक्तिहरूले आन्दोलनको चेतावनी दिएका हुन्।

    राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश २ ले आयोजना गरेको आपाङ्ग व्यक्तीहरूको लागि मानव अधिकार, अनुगमन र राष्ट्रिय ऐननियम सम्बन्धी सचेतना अभिवृद्धि कार्यक्रममा यस्तो आक्रोश आएको हो।

    राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश २ का अध्यक्ष किरण पासवानले राज्यले अपाङ्ग व्यक्तिहरूलाई हेपिरहेको बताएका छन्। लोकसेवा आयोगले गरेको विज्ञापनमा अपाङ्गहरूको लागि आरक्षण नदिनु भनेको अपाङ्गहरूलाई दोश्रो दर्जामा राखेको प्रदेश अध्यक्ष पासवानको आरोप छ।

    यसैगरी राष्ट्रिय अपाङ्ग कोषका पूर्वसभापति नितेशकुमार गुप्ताले अपाङ्गहरूलाई राज्यले दोश्रो दर्जाका रूपमा व्यवहार गरे आन्दोलन गर्ने बताएका हुन्।

    शारीरिक रूपमा ठगिएका अपाङ्ग भएका व्यक्तीहरूलाई राज्यले पनि हेपे र्दुभाग्य हुने गुप्ताले बताए। समाजिक विकास मन्त्रालय प्रदेश २ जनकपुरको सहयोगमा संचालित उक्त कार्यक्रममा सहभागि हुन आएका रौतहटका जिल्ला समन्वय समितिका सभापति रामएकवाल राय यादवले अपाङ्ग भएका व्यक्तीहरूलाई राज्यले सहयोग गर्नुपर्ने बताएका हुन्।

    कार्यक्रमा प्रदेश २ का ८ जिल्लाका ७० जना भन्दा बढी अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता रहेको राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश २ का सचिव राजेश साहले जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]