समाज

राप्ती अस्पतालमा उपकरण भित्रिए, डाक्टर भित्रिएनन्

असार ५, २०७६

    दाङ: दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा जनशक्ति अभाव हुँदा नयाँ सेवा दिन समस्या भएको छ। पहिले राप्ती अञ्चल अस्पताल रहेकामा अहिले प्रदेश ५ सरकार मातहत चल्ने गरी प्रादेशिक भएको छ।

    अस्पतालको नाम फेरियो, भवनको रंग फेरिया तर जन शक्तिका कारण सेवा सुविधामा कुनै अन्तर आएको छैन।  दाङ लगाए अन्य छिमेकी जिल्लाको केन्द्र पर्ने अस्पतालमा हिजोआज झन विरामीको चाप बढ्दो छ। तर चिकित्सकहरूको संख्या अत्यन्त न्यूनका कारण विरामीले सेवा पाउन सास्ती भोग्नु पर्दछ। 

    १६ जना विशेषज्ञ डाक्टरको दरबन्दी रहेकामा हाल ५ जना मात्रै कार्यरत रहेको निमित्त मेडिकल सुपेरिन्टेन्डेन्ट डा. सर्वेश शर्माले बताए। उनले भने, 'अस्पताल प्रदेश सरकारको मातहतमा गएपछि हिजोआज अस्पतालमा नयाँ उपकरणहरू थपिँदै छन। तर उपकरणहरू थपिए पनि जनशक्तिको अभावमा ती प्रयोगमा आउन सकेका छैन।'

    करिब ३ वर्ष पहिले डाक्टर भोलाराम श्रेष्ठको पालामा आएको आइसियु, एनआइसियु उपकरणहरू कोठामा थन्किएका छन। ती उपकरण संचालनमा ल्याउन र अन्य थप सुविधा दिन अस्पतालमा दक्ष जनशक्तिको अभाव भएकाले संचालन हुन नसकेको अस्पतालका निमित्त प्रमुख मेशु शर्माले बताए। उनका अनुसार अस्पताल प्रदेश सरकारको मातहतमा गए पनि डाक्टरहरू संघीय सरकारले पठाउने भएकाले त्यसका लागी पहल भएको बताए। यदी जनशक्तिहरू प्राप्त भए आइसियु, एनआइसियु  लगायत अन्य सेवा अस्पतालबाट दिन सकिने  बताए।  

    पछिल्लो समय अस्पतालले पूर्वाधारहरूमा फड्को मार्दै गएता पनि जनशक्तिको अवाभका कारण सेवामा समस्या भएको अस्पतालका स्टोर प्रमुख राजु श्रेष्ठले बताए। दैनिक बिरामीहरू २/३ सय जना आउँछन, अस्पताल ५० बेडको मात्र हो। त्यसैले अस्पतालमा उपकरण हुँदा पनि विरामीलाई जिल्ला बाहिर पठाउन बाध्य भएको उनले बताए। त्यसैगरी अस्पतालमा ५ वटा डाइलासिसका उपकरणहरू आएका र ४ वटाबाट विरामीलाई सेवा दिँदै आएको समेत बताए।

    अहिले अस्पतालमा १० वटा  इमरजेन्सी सेवाका लागि अत्यधुनिक बेडहरू समेत आएको उनले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]