विश्व

'गुजरात दंगामा मोदी संलग्न' बताउने अधिकारीलाई ३० वर्ष पुरानो मुद्दामा जन्मकैद

असार ५, २०७६

    सन् २००२ मा भएको गुजरात दंगामा भारतका प्रधानमन्त्री तथा तत्कालिन समयमा गुजरातका मुख्यमन्त्री रहेका नरेन्द्र मोदीको संलग्नता रहेको बताउने आइपिएस अफिसरलाई ३० वर्ष पुरानो मुद्दामा जन्मकैदको सजाय दिइएको छ।

    ८ महिनादेखि जेलमा बन्द आइपिएस अफिसर संजीव भट्टलाई जन्मकैदको सजाय सुनाइएको हो। उनलाई नार्कोटिक्सको एक मामिलामा भ्रष्टाचार गरेको आरोपमा गत सेप्टेम्बर मा पक्राउ गरिएको थियो।  

    भट्टले सन् २००२ मा भएको गुजरात दंगामा तत्कालिन मुख्यमन्त्री रहेका मोदीको भूमिकामा प्रश्न उठाएका थिए। उनले गुजरात दंगाको जाँचका लागि गठन गरिएको विशेष जाँच दल (एसटिआइ)माथि भरोसा नरहेको पनि बताउँदै आएका थिए।

    मोदीविरुद्ध खुलेआम बोल्ने भट्टले सन् २०११ मार्चमा अदालतमा एक मुद्दा दायर गरेका थिए। जसमा गुजरातका तत्कालिन मुख्यमन्त्री मोदीमाथि गम्भीर आरोप लगाइएको थियो।

    भट्टले गोधरा काण्डपछि २७ फेब्रुअरी २००२ को साँझ मुख्यमन्त्री निवासमा एक सुरक्षा बैठक भएको कुरा बताएका थिए। उक्त बैठकमा उनले आफू पनि सहभागी भएको बताएका थिए। उक्त बैठकमा मोदीले प्रहरी अधिकारीहरूलाई हिन्दु अतिवादीहरूलाई नरोक्न तथा उनीहरूलाई आफ्नो रिस पोख्न दिन भनेका थिए।

    मोदीको तर्फबाट भने उक्त बैठकमा भट्टको उपस्थितिको कुनै प्रमाण नभएको भन्दै प्रतिक्रिया आउने गरेको थियो।

    भट्टले उक्त मुद्दा हालेपछि मोदी र उनीबीचको सम्बन्ध झन् तिक्त भएको थियो।  

    त्यसपछि भट्टलाई विदा नलिइ ड्युटीमा अनुपस्थित भएको र सरकारी सवारी साधन दुरुपयोग गरेको आरोपमा जागिरबाट सन् २०११ मा निलम्बन गरिएको थियो।  त्यतिबेला उनलाई गिरफ्तार गरिएको थियो र परिवारले उनको सुरक्षालाई लिएर चिन्ता जनाइएको थियो। उनलाई सुरक्षा दिनका लागि प्रहरी अधिकारीहरूलाई पत्र लेखेर गुहार लगाइएको थियो। सन् २०११ सेप्टेम्बर ३० उनलाई घरबाटै गिरफ्तार गरिएको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]