समाज

रसुवागढी सुरुङबाट १७ जनाकै सकुशल उद्धार

असार ६, २०७६

    रसुवा : रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाको सुरुङ निर्माणस्थलमा थुनिएका १७ मजदुरको सकुशल उद्धार गरिएको छ। 

    बिहीबार साँझ साढे ८ बजे निर्माणस्थलमा पहिरो खस्दा सुरुङको १०० मिटरभित्र मजदुरहरु थुनिएका थिए। उनीहरुको शुक्रबार बिहान ७ बजे उद्धार सम्पन्न गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए। प्रजिअ भण्डारीका अनुसार सबै मजदुरको सकुशल उद्धार गरिएको छ। 

    सुरुङ मार्गमा अक्सिजन प्रवाह भइरहेकाले मजदुरहरुको स्वास्थ्यमा कुनै खराबी नभएको स्वास्थ्यकर्मीहरुले जनाएको प्रजिअ भण्डारीले बताए। उद्धार गर्ना साथ मजदुरहरुको स्वास्थ्य परीक्षण गरिएको थियो। थुनिनेमध्ये ११ जना नेपाली र ६ जना चिनियाँ मजदुर थिए। 

    सुरुङ निर्माणस्थलमा पहिरो जानेक्रम पनि चलिरहेकाले आयोजना निर्माणको काम अहिले रोकिएको छ। माथिबाट ढुंगा खसिरहेकाले काम रोकिएको र ढुंगा खस्न छाडेपछि काम सुरु हुने आयोजनाले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]