राजनीति

विप्लवका कोशी ब्युरो सदस्य बाबुराम किराती पक्राउ

असार ६, २०७६

    संखुवासभा : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कोशी ब्युरो सदस्य सदरमुकाम खाँदबारीबाट पक्राउ परेको छन्। प्रहरीले सदरमुकाम खाँदबारी–७ नयाँ बजार मोलपोत कार्यालय नजिकबाट पाँचखपन नगरपालिका–६ का बाबुराम किराती ‘विवश’लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामेश्वर पण्डितले जानकारी दिए।

    राईलाई बिहीबार दिउँसो २ बजे पक्राउ गरेको प्रहरीले जनाएको छ। राई विप्लव नेतृत्वको राष्ट्रिय युवा जनस्वयम सेवकको केन्द्रीय अध्यक्ष तथा कोशी ब्यूरो सदस्य भए पनि पछिल्लो समय पार्टी प्रति असन्तुष्टि भएकाले निष्कृय भएर घर परिवार सँगै बस्दै आएको को स्रोत भनाइ छ। पक्राउ परेका राईलाई कहाँ कुन अवस्थामा राखिएको छ भन्ने प्रहरीले खुलाउन चाहेको छैन।

    राई यसरी पक्राउ परे

    राई त्कालीन नेकपा माओवादीले चलाएको १० वर्ष युद्ध मार्चामा सहभागी हुँदा टाउँकोमा गोली लागेर घाइते भएका थिए। ब्यूरो सदस्य राई शान्ति समितिको सूचीमा क बर्गको घाइतेको सूचीमा परेर मासिक १२ हजार बुझ्ने मध्येका एक हुन्।

    उनी विप्लव समर्थक भएकाले प्रहरीको अनुरोधमा केही महिना देखि उनको सुविधा रोक्का गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। राई राज्यले दिने रकम लिन जिल्ला प्रशासन कार्यालय आएको मौकामा प्रहरीले पक्राउ गरेको स्रोतको भनाइ छ।

    राईको घर पाँचखपन भए पनि उनी अहिले परिवार सँग सुनसरीको इटहरी बस्दै आएको थिए। राई शारिरिक तथा मानसिक समस्याले दैनिक औषधी सेवन गर्दे आएको बताइएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]