स्वास्थ्य

कर्णाली र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले पायो ‘पिजी’ सिट

असार ६, २०७६

    काठमाडौं : नेपाल मेडिकल काउन्सिलले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरालाई पोष्ट ग्राजुएट्स (पिजी) तहको अध्यापनका लागि सिट दिएको छ।

    काउन्सिलको पूर्ण बैठकले  दुई प्रतिष्ठानलाई सिट दिने निर्णय गरेको बताइएको छ। कर्णालीले एमडी इन जनरल प्राक्टिस (एमडिजिपी) र पोखराले गाइने अब्सटेटिभ्स, अर्थोपेडिक सर्जरी र मेडिसिनमा एमडी कार्यक्रम चलाउन सिट मागेको थियो।

    ती दुई प्रतिष्ठानको इन्सपेक्सनमा गएका विज्ञ टोलीले सिट दिन सकिने सकारात्मक रायसहितको प्रतिवेदन बुझाएका थिए। सोही रायलाई समर्थन गर्दै काउन्सिलको पूर्णबैठकले दुई प्रतिष्ठानलाई यसै शैक्षिक सत्रदेखि कार्यक्रम सञ्चालन गर्नसक्ने गरी सिट दिने निर्णय गरेको हो।

    काउन्सिलले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पोष्ट ग्राजुएट्स कार्यक्रम सञ्चालन गर्न १७ सिट दिने निर्णय गरेको छ। यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई ३ सिट दिने निर्णय गरको हो।

    काउन्सिल स्रोतका अनुसार पोखराले इन्टरनल मेडिसिनमा २, सर्जरीमा ४, स्त्री तथा प्रसूतिमा ४, पेडियाट्रिक्समा २, एनेस्थेसियामा २, अर्थोपेडिक्समा ३ सिट पाएको छ। यता, कर्णालीले एमडी इन जनरल प्राक्टिस (एमडिजिपी)मा ३ सिट पाएको छ।

सविना खनाल

सविना खनाल थाहाखबरमा कार्यरत छन् ईमेल : [email protected]

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]