राजनीति

पत्रकार महासंघले प्रधानमन्त्रीलाई बुझायो २० हजार बढी हस्ताक्षर

असार ६, २०७६

    काठमाडौं : नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयकमा भएका प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रावधानहरू अविलम्ब फिर्ता लिन माग गर्दै संकलन गरेको हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाइएको छ।

    महासंघको तेस्रो चरणको आन्दोलनका क्रममा प्रेस स्वतन्त्रताको पक्षमा असार ३ गतेदेखि शुरु गरेको देशव्‍यापी हस्ताक्षर संकलन अभियानअन्तर्गत संकलित हस्ताक्षर जिल्ला प्रशासन कार्यालयमार्फत शुक्रबार प्रधानमन्त्रीलाई बुझाइएको हो।

    महासंघका ७७ वटै शाखाहरूले संकलित २० हजारभन्दा बढी हस्ताक्षर प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई बुझाएको हो। पत्रकार महासंघ केन्द्रीय समितिको प्रतिनिधिमण्डलले संकलित हस्ताक्षर काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यमार्फत प्रधानमन्त्रीलाई बुझाइएको छ।

    सरकारले संसद्‍मा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग राख्दै महासंघ चरणाबद्ध आन्दोलनमा छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]