समाज

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

असार ६, २०७६

    मुगु : श्रीमतीको हत्या आरोपमा चार दिनपछि श्रीमान पक्राउ परेका छन। छाँयानाथ रारा नगरपालिका २ न्यूरोडमा खाजा पसलको ब्यवसाय गर्दै आएका कालिकोट खाडाँचक्र नगरपालिका ३ निवासी ताडि गाउँका लक्ष्मी पाण्डेले आफ्नै श्रीमतीको हत्या आरोपमा उनलाई पक्राउ गरिएको हो।

    दुई वर्षदेखि छाँयानाथ रारा नगरपालिका २ न्यूरोडमा खाजा पसलको ब्यवसाय गर्ने खाडाचक्र नगरपालिका ३ ताडी गाउँका ३५ वर्षीय लक्ष्मीले २७ वर्षीया श्रीमती नानी कोइला पाण्डेलाई असार ३ गते राति कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।

    ज्वाइँले दिनहुँ मदिरा सेवन गरी कुटपिट गर्ने गरेको मृतक छोरीले बेला बेला आफूलाई फोनमार्फत धम्याउने समेत गरेको मृतककी आमा जयकाल शाहीले बताइन।
    उनका अनुसार बुधबार राति ९ बजे छोरीलाई कुटपिट गरेर हत्या गरेपछि नाटकीय पाराले आफैँ बिष सेवन गरेर आत्महत्या गरेको बहान बनाइएको बताइन।   

    आमा जयकालले भनिन, 'ज्वाइँले कुटपिटपछि हत्या गरेको हो। प्रहरीमा किटानी जाहेरी दिँदा प्रहरीले ढिलासुस्ती गरेकाले ४ दिनसम्म पोष्टमार्टम भएकाे छैन।' प्रहरीले चार दिनसम्म किटानी जाहेरी दर्ता गर्न ढिलाई गरेको र आरोपित पाण्डे खुल्लेआम बजारमा घुमफिर गर्दै उल्टै मृतकका आफन्तलाई आफैँले हत्या गरेको भनी धम्की दिँदा समेत प्रहरी मुख दर्शक भएको छ।

    उल्टै महिला अधिकारकर्मीमाथि प्रहरीले दुर्ब्यवहार गरेको महिला अधिकारकर्मी सूर्यदेबी मल्लले बताइन। घट्नाको चार दिनपछि शुक्रबार प्रहरीले किटानी जाहेरी दर्ता गरेको छ। आरोपितलाई अनुसन्धानका गर्न अदालतको पक्राउ पुर्जीका लागि प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

    हत्या गरिएको भनिएकी नानी कोइलासँग आरोपित पाण्डेले सात वर्ष अगाडि दोस्रो बिबाह गरेका थिए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]