राजनीति

प्रदेश सांसदको प्रश्‍न : इटहरीका मेयर 'डामेर छाडिएका साँढे' हुन्?

असार ६, २०७६

    विराटनगरः  प्रदेश नम्बर १ मा नेपाली कांग्रेसकी सांसद बिन्दिया कार्कीले इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीलाई पागलखाना लैजान भनेकी छन्। 

    शुक्रबार बसेको प्रदेश संसद बैठक बोल्दै सांसद कार्कीले समग्र महिलाको चरित्रबारे प्रश्न गर्दै लाञ्छना लगाउने गरी मेयर चौधरीले दिएको सार्वजनिक टिप्पणी अपमानजनक भएको भन्दै यस्तो आक्रोश पोखेकी हुन्। 

    संसदमा बोल्ने क्रममा कार्कीले मेयरले चौधरीलाई उनको पार्टी नेकपाले छाडा छोडिदिएको भन्दै आक्रोश व्यक्त गरिन्। 'के पार्टी (नेकपा) ले उहाँलाई छाडा साँढेजस्तै डामेर छाडेको हो ?’, आक्रोशित हुँदै कार्कीले भनिन्।

    मेयर चौधरीले इटहरीका एकपछि अर्को पत्रकारलाई धम्की दिइरहेका छन्। सुरुमा पत्रकार कृष्ण बहाव भट्टराईलाई लोपरेका उनले त्यसपछि अर्का पत्रकार विराट अनुपमलाई गालीगलौज गरेका थिए । त्यसपछि बुधबार मात्रै अर्का पत्रकार विनय बराकोटीबारे आपत्तिजनक टिप्पणी गरे। 

    मेयर चौधरीले केही दिनअघि सार्वजनिक कार्यक्रममै महिलाको चरित्रबारे अपमानजनक र अश्लील टिप्पणी गरेपछि चर्को आलोचना भइरहेको छ। 

    भिडियो

    यो पनि

    'भ्रष्टलाई सडकमै पुर्‍याउँछु, पार्टीले कारबाही गरे बारी खनेर खान्छु' 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]