खेलकुद

प्रधानमन्त्री कप महिला क्रिकेट : प्रदेश-१ र ५ विजयी

असार ६, २०७६

    कञ्चनपुर : कञ्चनपुको महेन्द्रनगरमा जारी चौँथो प्रधानमन्त्री कप महिला प्रतियोगितामा शुक्रवार भएका खेलमा प्रदेश १ र ५ विजयी भएका छन।  जारी प्रतियोगिताको  पहिलो खेलमा प्रदेश नम्बर १ ले पहिलो जित दर्ता गरेको छ। 

    प्रदेश न १ ले प्रदेश नम्बर २ माथि आठ विकेटको जित निकालेको हो। टस जितेर व्याटिङ  रोजेको प्रदेश–२ ले पुरै २० ओभर खेलेर नौ विकेटको क्षतीमा ७१ रन बनाएको थियो। उसका लागि शान्ती चौधरीले १४, सोभा आले १३ सरस्वती चौधरी १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोर अंक जोड्न सकेनन। त्यस्तै जवाफी ब्याटिङ गरेको प्रदेश नम्बर १ ले १३ दशमलवमा लक्ष्य भेट्टायो। उसका लागि काजल श्रेष्ठले १९, रुविना क्षेत्री नट आउट २६, गोमा थापा २५ रनको योगदान गरिनन।साथै प्रदेश नम्बर १ ले १२ रन अतिरिक्त पाएको हो। 

    प्रदेश २ लाई सस्तैमा समेट्ने क्रममा रुबिना क्षेत्री १६ रन खर्चे्र ४ विकेट लिइन। प्रदेश २ का लागि शान्ती चौधरी र सरस्वती चौधरीले समान एक/एक विकेट लिए। उक्त खेलको म्यान अफ द म्याच प्रदेश  १ की रुबिना क्षेत्री भईन। 

    प्रदेश–५ आठ विकेटले विजयी

    महेन्द्रनगरमा जारी चौँथो प्रधानमन्त्री कप महिला प्रतियोगिता अन्र्तगत शुक्रबार भएको दोस्रो खेलमा प्रदेश नम्बर ५ विजयी भएको छ। प्रदेश ५ ले गण्डगीलाई आठ विकेटले पराजित गर्‍यो।  टस जितेर ब्याटीङ् रोजेको गण्डगीले १८ दशमलव ३ ओभरमा अल आउट हुँदै ७९ रनको योगफल खडा गर्‍यो। उसका लागि सुशिला गुरुङले सर्वाधिक २६ रन, प्रमिला बानियाँ १७, सन्चा महरा र नमुना कार्कीले समान १३/१३ रनको योगदान गरिन। 

    गण्डगीलाई सस्तैमा समेट्ने क्रममा प्रदेश ५ की शर्मीला मगर, बिना थापाले समान २/२ विकेट हात पारे भने कृष्णा मराशैनीले १८ रन खर्चेर तीन विकेट लिइन। ८० रनको विजयी लक्ष्य पाएर जवाफी ब्याटिङ गरेको प्रदेश ५ ले ८ दशमलव ३ ओभरमा दुई विकेटको क्षतीमा लक्ष्य भेट्टायो। उसका लागि हरे थापाले सर्वाधिक १९ बलमा २८ रन बनाइन्। उनले ५ चौका प्रहार गरिन। त्यस्तै गिता गोसाईले २०, सरस्वती घर्ती मगरले १० तथा ममता   िर  १७, यशोदा विष्ट १५ र थापा मगरले ५ रनको योगदान गरिन्।

    प्रदेश नम्बर पाँच ले प्रतियोगितामा १८ रन अतिरिक्त पाएको थियो। गण्डगीका लागि शुसिला गुरुङले सात रन खर्चेर दुई विकेट लिए पनि टीमलाई जिताउन पर्याप्त भएन। उक्त खेलको म्यान अफ द म्याच प्रदेश नम्बर पाँच की कृष्ण मराशैनी बनिन।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]