खेलकुद

इक्वेडरलाई हराउँदै चिली क्वार्टरफाइनलमा

असार ७, २०७६

    कोपा अमेरिका फुटबलमा चिलीले क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ। समूह ‘सी’ अन्तर्गत दोस्रो खेलमा चिलीले इक्वेडरलाई २–१ ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरेको हो।

    खेलमा चिलीले आठौँ  मिनेटमा नै अग्रता लिएको थियो। कर्नरमा आएको बललाई इक्वेडरले क्लियर गर्न नसकेपछि रिबाउन्डमा जोसे फुएनजालिडाले १२ यार्डबाट गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएको थियो। पहिलो हाफमा नै खेल बराबरी बनाउने क्रममा २५ औँ मिनेटमा इक्वेडरले पेनल्टीलाई सदुपयोग गर्‍यो। चिलीका आरियासले मेन्डेजलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि प्राप्त पेनाल्टीमा एनर भ्यालेन्सियाले गोल गर्दै खेल बराबरीमा ल्याए।

    दोस्रो हाफको ५१ औँ मिनेटमा चिलीले गरेको गोल निर्णायक अग्रताका रुपमा रह्यो। चार्ल्स आरान्गिजको पासमा एलेक्सिस सान्चेजले पेनाल्टी क्षेत्रबाट गरेको उत्कृष्ट फिनिसिङ गोलमा परिणत भएको थियो। खेलको ८९ औँ मिनेटमा इक्वेडर १० खेलाडीमा सीमित भयो। ग्याब्रिएल एकिलिएरले चिलीका मिडफिल्डर आर्टुरो भिडाललाई कुइनोले मुखमा हानेपछि रेफ्रीले उनलाई रातो कार्ड देखाएका थिए।

    याे जितसँगै चिली दुई खेलमा ६ अंक जोड्दै शीर्षस्थानमा रहेर क्वार्टरफाइनल प्रवेश गरेको छ। दोस्रो स्थानमा रहेको उरुग्वेले दुई खेलमा ४ अंक छ भने लिग  अंक तालिकामा १ अंकसहित जापान तेस्रो र इक्वेडर अंकविहिन रहँदै चौंथो स्थानमा रहेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]