समाज

आज थाहा आन्दोलनका प्रणेता विष्टको स्मृति दिवस

असार ७, २०७६

    काठमाडौं : थाहा आन्दोलनका प्रणेता रूपचन्द्र विष्टको २० औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। स्मृति दिवसका अवसरमा रुपचन्द्र विष्ट स्मारक समिति नेपालले शनिबार काठमाडौंमा विशेष कार्यक्रम गर्दैछ। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष र वरिष्ठ नेता  माधवकुमार नेपाल, कांग्रेस नेता नरहरि आचार्यको उपस्थितिमा कार्यक्रम हुने समितिले जनाएको छ।

    रुदाने, जसरु, रापसरु, स्वरूपे, जस्ता उपनामले परिचित विष्टले २०२८ सालमा मकवानपुरको उत्तरी क्षेत्रमा शिक्षा आन्दोलन चलाएका थिए। रूपचन्द्र विष्ट मकवानपुरमा आफ्नो कार्यक्षेत्र र चेतना फैलाउने शिक्षावादी, नारीवादी र जनवादी नेता थिए। ‘छोरा पढाउने, छोरी नपढाउने मुर्दावाद–छोराछोरी दुवै पढाउने जिन्दावाद’ भन्ने जस्ता नाराका साथ विष्टले चलाएको आन्दोलनले समाजमा परिवर्तन ल्याउन सहयोग गरेको थियो। उनले छोराछोरी स्कुल नपठाउने अभिभावकलाई जरिवाना तिराउने व्यवस्था समेत गरेका थिए।

    विष्टले विद्यालय तहमै पारिवारिक विचार भन्दा फरक कम्युनिस्ट राजनीति गरेका थिए। उनी वि.सं. २००७ देखि २०१० सालसम्म कम्युनिस्ट विद्यार्थी राजनीतिमा सक्रिय रहे। २०१७ सालपछि २२ र २९ सालमा मकवानपुरको पालुङ गाउँ पञ्चायतका प्रधानपञ्च रहेका विष्ट २०२८ सालमा स्नातक कोटामा राष्ट्रिय पञ्चायतको सदस्य थिए। 

    प्रजातन्त्रवादी विचार भएकाले राष्ट्रिय पञ्चायत सदस्य रहँदा समेत उनी गिरफ्तारीमा परे। पटक पटक गिरफ्तार हुँदा पनि रूपचन्द्र जनमुखी राजनीतिमा पूर्ण प्रतिबद्ध रहे वि.सं.१९९० पुस २६ गते मकवानपुरको दामन घर्तीखोलामा जन्मिएका विष्टको निधन २०५६ साल असार ७ गते काठमाडौमाभएको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]