समाज

ठिमी नगरप्रमुखका अंगरक्षकद्वारा युवकमाथि हातपात प्रयास

असार ७, २०७६

    भक्तपुर : मध्यपुर थिमि–४, शंखधरचोकको मुख्य राजमार्गमा रहेको ढुंगा हटाउन खोज्दा नगरप्रमुख मदनसुन्दर श्रेष्ठका अंगरक्षकले एक युवकलाई शुक्रवार हातपातको प्रयास गरेका छन्। 

    सम्पदा संरक्षणका अभियन्ता बताउने मध्यपुर थिमि–७ नगदेशका अनिश वैद्यले शंखधरचोकमा रहेको ढुंगा हटाउन खोज्दा नगरप्रमुख श्रेष्ठका अंगरक्षक नगरप्रहरी रामकृष्ण प्रजापतिले हातपातको प्रयास गर्नुका साथै अपशब्द बोलेका हुन्।

    यो भिडियो अहिले सामाजिक सञ्जालमा ‘भाइरल’ भएको छ। नगरपालिकाले केही महिना अघि शंखधरचोकमा दुर्घटना न्यूनीकरणका लागि फुलसहितको गमला राखेको थियो। मुख्य चोकको थिमि प्रवेश गर्ने शाखा सडक र दधिकोट जाने सडक दाँयाँबायाँ फुलसहितको गमला राखी पैदल यात्रुल जेब्रा क्रसिङबाट मात्र बाटो काट्नुपर्ने व्यवस्था गरेको थियो। यसले चोकमा सवारी दुर्घटनामा न्यूनीकरण भए पनि सवारी साधनले ठक्कर दिएर गमला फुटेपछि हाल सो स्थानमा एउटा पनि गमला छैन।

    गमला नभए पनि नगरपालिकाले काठमाडौंबाट भक्तपुरतर्फ जाने लेनको बायाँ थिमितर्फ जाने सडकको किनारमा पहिले गमला राखिएको स्थानमा ढुंगा राखेको थियो। सोही ढुंगा हटाउने क्रममा नगरप्रमुखका अंगरक्षकले वैद्यलाई अपशब्द प्रयोग गर्नुका साथै हातपातको प्रयास गरेका हुन्।

    वैद्य केही समयदेखि नगरप्रमुख श्रेष्ठका खरो आलोचकको रूपमा परिचित छन्। उनले नगरप्रमुख श्रेष्ठका गतिविधिहरुलाई आलोचनात्मक ढंगले सामाजिक सञ्जालमार्फत आफ्नो अभिव्यक्ति सार्वजनिक गर्ने र नगरप्रमुखका सहयोगीसँग सामाजिक सञ्जालमा वादविवाद गर्दै आइरहेका थिए।

    वैद्यले राजमार्गमा राखिएको ढुंगा हटाउनु गल्ती भए जुनसुकै सजाय भोग्न तयार भएको प्रतिक्रिया दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत नै भनेका छन्, ‘बाटोमा राखिएको ढुंगा हटाउन मेरो गल्ती नै हो भने पनि मलाई सम्बन्धित निकायले सजाय गरोस्। भोग्न तयार नै छु।’ 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]