समाज

जाजरकोटका दुई स्थानीय तहमा प्रहरी चौकी राख्‍न अनुमति

असार ७, २०७६

    जाजरकोट : सुरक्षाको कारण देखाउँदै सदरमुकाममा कार्यालय सञ्चालन गर्दै आएका दुई स्थानीय तहमा प्रहरी चौकी स्थापना गर्न लागिएको छ।

    गृह मन्त्रालयले जिल्लाका बारेकोट गाउँपालिकाको प्रशासकीय केन्द्र लिम्सा र कुशे गाउँपालिकाको केन्द्र थार्पु भार्ममा प्रहरी चौकी स्थापनाका लागि अनुमति दिएको हो। सुरक्षा नभएको भन्दै सदरमुकाममा कार्यालय स्थापना गर्दै आएका दुई स्थानीय तहमा प्रहरी चौकी स्थापना हुने भएपछि अब गाउँमै सेवा पाउनेछन्।

    प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले भने,  'करिब ९ महिनाको लामो प्रयासपछि यी दुई ठाउँमा प्रहरी बिट राख्ने अनुमति प्राप्त भएको छ, अब त्यहाँका स्थानीय तहमा बैंक स्थापना भएपनि सेवा रोकिएकामा तुरुन्तै सञ्चालन हुनेछ।'

    लिम्सा इलाका प्रहरी कार्यालय रामीडाँडाबाट करिब २ घण्टाको पैदल दूरी छ भने थर्पु भार्म पैक प्रहरी चौकीबाट ढाटा नै रहेको छ। गाउँमा सुरक्षा खतरा नभए पनि बहाना बनाएर गाउँमा स्थानीय सरकारका प्रतिनिधी नबसेको स्थानीयको भनाइ छ।

    कुशे गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले सदरमुकाम स्थित आफ्नै घरमा कार्यालय राखेर चलाउँदै आएका छन्। गाउँमा पनि कार्यालय छ, सदरमुकाममा पनि छ  तर काम भने सदरमुकामबाट हुँदै आएका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]