समाज

बसको ठक्करबाट पैदलयात्रीको घटनास्थलमै मृत्यु

असार ७, २०७६

    भद्रपुर, (झापा) : यात्रुवाहक बसको ठक्करबाट झापामा एक पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ।  मृत्यु हुनेमा मेचीनगर नगरपालिका ९ बस्ने अन्दाजी ६५ वर्षीय घनश्याम गडतौला रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

    प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत काँकडभिट्टाबाट धरानतर्फ गइरहेको को१ख ७६६५ नम्बरको नारायणी यातायातले मेचीनगर १० स्थित नगडुब्बा पुल नजिकै पैदलयात्री गड्तौलालाई शनिबार दिउँसो २ बजे ठक्कर दिएको थियो।

    श्रीमती इन्द्रमायासँगै सडकमा हिँडिरहेका घनश्यामलाई बसले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको डिएसपी श्रेष्ठले जानकारी दिए। चाराआली  प्रहरी चौकीले ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको छ।

    यता, बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएपछि आक्रोशित स्थानीयले केही बेर सडक अवरुद्ध गरेका थिए। पूर्वपश्चिम राजमार्ग अवरुद्ध हुँदा यातायातका सवारीसाधन ठप्प भएका थिए। पैदलयात्रीको मृत्युपछि घटना स्थितिलाई साम्य बनाउन घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। प्रहरीकै सुरक्षा घेरामा यातायातका सवारीसाधन सुचारु गरिएको डिएसपी श्रेष्ठको भनाइ छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]