काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले ५ फागुन २०७४ मा शपथ ग्रहण गरेलगत्तै भनका थिए, ‘अब कसैले भारतको चौकीदारी गर्नुपर्ने छैन, कामको खोजीमा चारत गएका सुदूरपश्चिमबासीलाई एक वर्षभित्र घर फर्काइनेछ।’
कुनै बेला आफै पनि भारतका विभिन्न ठाउँमा चौकीदारी गरेका मुख्मन्त्री भट्टको आशलाग्दो भनाइलाई अधिकांश सञ्चार माध्यमले प्रमुख स्थान दिए। मुख्यमन्त्रीको अभिव्यक्तिको एक वर्षपछि २०७५ सल फागुन अन्तिम साता छविप थिभेरा गाउँलिका ४ व्यासीका काल्च्या ओखेडाको घरमा ताल्चा लाग्यो। पत्नी, ४ छोरा, ३ बुहारी, ४ स्कुले उमेरका नातिनातिनासहित १३ जनाको ओखेडा परिवार घरमा ताल्चा ठोकेर चौकीदारी गर्न भारत पस्यो।
दौतरी मीनबहादुर दमाई कहिलेकाहीँ काल्च्याको आगनमा पुग्छन्। ताल्चा लागेको घरको ढोका हेरेर न्यास्रो मेटाँछन् भन्ने खबर आजको नेपाल साप्ताहिकले लेखेको छ।
भारत पसेकामध्ये कोही दिल्ली छन्, कोही बैंग्लोर, कोही कालापहाड (उत्तराखण्ड) तिर चौकीदारी गरिरहेका छन्। छिमेकी छरमा ताल्चा लगाएर विदेसिनुको कारण खोतल्दै मीनबहादुर भन्छन्, ‘यता बसेर उसै पनि खानु पुग्दैनथ्यो, पोहोर साल सडक खन्दा भएको जग्गा जति पहिरोले पुरियो, अनि सबै भारत पसे।’
आफ्नो सीमित जग्गामा खेतीपाती गर्न र त्यसैको रेखदेखका लागि वृद्धवृद्धा र महिलालाई घरमै छाडेर भारत जाने गर्थे। गत वर्ष पहिरोले जग्गा लगेपछि घरमा ताल्चै ठोकेर हिँडेको मीनबहादुर सुनाउँछन्। यसरी घरमा ताल्चा ठोकेर हिँड्ने परिवारको संख्या छविसपाथिभेरा गाउँपालिकामा मात्र ५० भन्दा बढी छ।
‘गाउँघर, घरव्यवहारको जिम्मेवारी वृद्धवृद्धा, केटाकेटी र महिलाको थाप्लोमा छ। आराम गर्ने उमेरका वृद्धवृद्धा जीविका चलाउनकै लागि शारीरिक श्रम गर्ने बाध्यतामा छन्। महिलाले गर्भवती, महिनावारी र बिरामी भएको छूट पाउँदैनन्।‘ अभिभावक घरमा नभएपछि स्कुल जाने उमेरका केटाकेटी घरव्यवहारमा फस्ने गरेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।