समाज

क्यान्सरपीडित क्रिकेटर  सिंहलाई ६० हजार सहयोग

असार ८, २०७६

    डडेल्धुरा : क्यान्सरपीडित डडेल्धुराको आलिताल गाउँपालिका–६ का क्रिकेट खेलाडी २६ वर्षीय केशव सिंहको उपचारका लागि संकलन गरिएको रकम हस्तान्तरण गरिएको छ।

    उनको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या आएकाले सहयोग स्वरुप नेपाल बजार बिक्री प्रतिनिधि संघ एकाई कमिटी डडेल्धुराले संकलन गरेको रकम सिंहकी आमालाई हस्तान्तरण गरेकोे हो।  शनिबार एक कार्यक्रमको आयोजना गरी एकाई कमिटीले डडेल्धुरा सदरमुकाममा गत आइतबारबाट संकलन गरेकोे ६० हजार ५ सय ६५ रुपैया केशवकी आमा मिरादेवि सिंहलाई हस्तान्तरण गरेको हो।

    नेपाल बजार बिक्रि प्रतिनिधि संघका केन्द्रीय सदस्य रमेशप्रसाद भट्ट र डडेल्धुरा अध्यक्ष प्रेमबहादुर कार्कीले संयुक्त रुपमा संकलन गरीएको रकम सिंहकी आमालाई हस्तान्तरण गरेका हुन्। रकम हस्तान्तरण गर्दै केन्द्रीय सदस्य भट्टले केन्द्रीय स्तरबाट समेत सहयोग गर्ने पहल चाल्ने बताए।

    रकम बुझ्दै आमा मिरादेवीले सहयोगी हातहरुप्रति आभार व्यक्त गरेकी छन्। कलेजो र फोक्सोको क्यान्सरबाट पीडित सिंहको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या आएको छ। उनी अहिले भारतको राजधानी दिल्लीस्थित राजिब गान्धी अस्पतालमा उपचार गराइरहेका छन्।

    अपरेशन खर्चवापत करिब १५ लाख रुपैयाँ लाग्ने भएपछि उनले सहयोगको अपिल गरेका छन्। उनी डडेल्धुराबाट विभिन्न समयमा क्षेत्रीय क्रिकेट प्रतियोगिता खेलिसकेका क्रिकेटर हुन्। सहयोग गर्न चाहने व्यक्ति वा संस्थाहरुले केशव सिंहको ग्लोबल आइएमई बैंक डडेल्धुरा शाखामा रहेको खाता नम्बर १९०७०१०००२५६७ मा सहयोग रकम जम्मा गर्न सकिनेछ।

     

    क्यान्सरपीडित क्रिकेटर केशव सिंहको आर्थिक अभावले उपचारमा समस्या

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]