राजनीति

समिति बैठकमा भक्कानिँदै सांसद गाैतमले भनिन् - मान्छे मार्ने काम बन्द गर

असार ९, २०७६

    काठमाडौं : सत्तारूढ नेकपाकी सांसद तीर्था गौतमले मान्छे मार्ने काम बन्द गर्न सरकारसँग आग्रह गरेकी छन्।

    संसदीय समितिको राज्य व्यवस्था तथा सुशासन समितिकी सदस्यसमेत रहेकी सांसद गौतमले बैठकमै भक्कानिँदै यसो भनेकी हुन्।

    ‘आज नेपालीको छोरो मरेको छ, यसरी मार्नु ठीक होइन, संवादबाट समस्या समाधन गर्नुपर्छ', भक्कानिँदै उनले भनिन्, '१० वर्षे 'जनयुद्ध'को घाउ आलै छ, देश पूर्णरूपमा शान्त बनेको छैन।’

    गौतमले बेपत्ताहरुको खोजीनिति अझै नभएको बताइन्। ‘सत्यनिरूपण तथा बेपत्ताको छानबिन भएको छैन', उनले भनिन्, 'सानो झिल्कोले ठूलो रूप लिन सक्छ।’ 

    उनले गाेलीबाट हैन संवादबाट निकास दिन आग्रह गरिन्। गौतमका पति यदु गौतमलाई तत्कालीन नेकपा एमालेका रुकुम सचिव तथा प्रतिनिधिसभाका सदस्य रहेकै बेला माओवादी विद्राेहीले २०५५ साल फागुन २१ गते अपहरणपछि हत्या गरेका थिए। 

    भिडियो

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]