समाज

चाैकी इञ्चार्जमाथि यौन दुर्व्यवहारकाे आरोप, छानविन प्रक्रिया शुरु

असार ९, २०७६

    ओखलढुंगा : मोलुङ गाउँपालिका ६ स्थित श्रीचौर प्रहरी चौकीका ईञ्चार्जमाथि महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ। चौकीका प्रमुख असई पर्शुराम विश्वकर्मामाथि मादक पदार्थ सेवन गरेर एक महिलामाथि यौन प्रस्ताव राखेको आरोप लागेको हो।

    मादक पदार्थ सेवन गरेर सडकमा भेटिएकी ती महिलामाथि विश्वकर्माले घरैसम्म पुगेर यौन प्रस्ताव राखेको स्थानीयले बताएका छन्। जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख डिएस्पी पुष्पराज मल्लले प्रहरीमाथि आरोप लागेपछि छानविनका लागि जिल्ला तानिएको बताए। उनले विभिन्न सञ्चारमाध्यममा आएजस्तो घटना भएको दावी गरे।

    आइतबार विश्वकर्माले महिलामाथि दुर्व्यवहार गर्न खोजेको भन्दै स्थानीय असइ विश्वकर्मामाथि कारवाही माग गर्दै प्रहरी चौकी पुगेका थिए। स्थानीय पदम तामाङले सञ्चारमाध्यमहरुमा प्रहरीले दुर्व्यवहारगरेको जानकारी गराएका छन्। स्थानीयसहितको छलफलबाट यौन दुर्व्यवहार नभएको पाइए पनि प्रहरीको नियत सही नभएको भन्दै कारवाही गर्न माग गरिएको छ।

    घटनापछि पीडित महिलाका आफन्त, जनप्रतिनिधि लगायत बसेर छलफल गर्दा दुवै जनाले मादक पदार्थ सेवन गरेको पाइएको प्रहरीले जनाएको छ। मादक पदार्थ सेवान गरेको र स्थानीयको उजुरीपछि आरोपितमाथि कारवाहीका लागि जिल्ला तानिएको डिएस्पी मल्लले बताए। उनले भने, ‘यौन दुर्व्यवहार गरेको भन्ने आरोप सत्य नभएपनि मापसे गरेर महिलालाई गलत दृष्टिकोणले व्यवहार गर्न खोजेको हो कि भनेर छानविन थालेका छौं।’

    प्रहरी र पीडित महिलाको आइतबार राति नै स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षण गर्दा महिला र प्रहरी दुवैले अत्यधिक मदिरा सेवन गरेको पाइएको स्वास्थ्यचौकी श्रीचौरले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]