समाज

भेरीले बगाएर २ किशोर वेपता

असार ९, २०७६

    जाजरकोट : गर्मी छल्न भेरी नदी गएर नुहाउँदै गर्दा सोमबार डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ५ लहाँ गाउँका दुई किशोर बगेर मृत्यु भएको छ। 

    खदाङको  हरियापनीस्थित  भेरीमा पौडी खेल्दै गर्दा लहाँका १३ वर्षीय बीरबहादुर नेपाली र १४ वर्षीय विमल नेपालीको मृत्यु भएको डोल्पा प्रहरी प्रमुख अवदेश विष्टले जानकारी दिए। मष्टा आधारभूत विद्यालयमा कक्षा ७ मा अध्यायनरत विमलको शव भेटिए पनि बीरबहादुरको भने अहिलेसम्म फेला नपरेको बताइएको छ। 

    हिजो मात्र डोल्पामा भारी पानी परेर खोला पढ्दा पुल समेत बगाएको थियो। दैनिक रुपमा पाैडी खेल्ने ठाउँमा गएर खेलिरहेका ती बालकहरूलाई सोमबार एक्कासी बढेको पानीले बगाएको प्रहरी चौकी खदाङले जानकारी दिएको छ।

    बीरबहादुरको लासको खोजी कार्यजारी रहेको छ। अहिले नदीमा पानीको वहाव बढिरहेकोले कोही व्यक्ति पनि पानी खेल्न नजान आग्रह गरिएको डिएस्पी विष्टले जानकारी दिए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]