विश्व

राहुलको त्याग, गान्धी परिवारबाहिरबाट कांग्रेस नेतृत्व

असार ९, २०७६

    भारतीय राष्ट्रिय कांग्रेसको नेतृत्वमा गान्धी परिवारभन्दा बाहिरबाट आउने भएको छ।

    भारतमा गत महिना सम्पन्न भएको निर्वाचनमा पार्टीले पराजय भोगेपछि पार्टी अध्यक्ष राहुल गान्धीले पदबाट राजिनामा घोषणा गरेकाले गान्धी परिवारभन्दा बाहिरबाट पनि नेतृत्व हुनसक्ने चर्चा भएको हो।

    कांग्रेसका एक जना प्रभावशाली नेता पी एल पुनियाले गान्धी परिवारभन्दा बाहिरबाट नेतृत्व हुने सम्भावना रहेको बताएको समाचारमा जनाइएको छ।

    उनले भने, ‘देशको उज्ज्वल भविश्यका लागि गान्धी परिवारले त्याग गर्न र लचकता देखाउन सक्छ।‘

    कांग्रेसका छत्तिसगढ प्रदेश प्रमुख समेत रहेका पुनियाले पार्टीको नेतृत्व कसले गर्ने भन्ने निर्णय वर्तमान अध्यक्ष राहुल गान्धीको हातमा रहेको उल्लेख गरेका थिए।

    गान्धीले चाहेमा उनले नै गर्ने र उनले नचाहेमा गान्धी परिवारभन्दा बाहिरका नेताबाट पार्टीले नेतृत्व पाउने पुनियाले बताए।

    लोकसभा निर्वाचनमा कांग्रेसले नराम्रो पराजय बेहोरेको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]